Latest Updates :

सिन्धु मल्लको लोभ लाग्दो परिवार, श्रीमान-श्रीमतीको प्रेमदेखी ठाकठुकसम्म

SHARE THIS POST :
काठमाडौं । नेपाली लोक गीत 'ससुरालीमा' बाट चर्चित भएकी गायिका सिन्धु मल्लका गीतहरु पछिल्लो समय कम हुँदै गएका छन् । नेपाली महिलाहरुको महान चाड तीज नजिकिंदै गर्दा भने उनी म्युजिक भिडियोको तयारिमा जुटेकी छिन्।

ससुरालीमा गीत चर्चित भएपछि सिन्धु मल्लले विवाह गरेकी थिइन्। उनका श्रीमान सुदाम मल्ल संगीतकार हुन्। त्यसैले पनि उनीहरुको परिवारमा सांगीतिक माहोल हुन्छ र छोरा पनि संगीत सिक्ने गर्छन्। सिन्धु र सुदामको भेट ससुरालीमा गीतपछि भएको थियो।

कामको क्रममै भएको भेटमा सुदामले एकैपटकमा नै सिन्धुलाई मन पराए र केही महिना पछि प्रेमप्रस्ताव बिना सुरुमै विवाहको प्रस्ताव राखे। भर्खर २० काट्दै गरेकी सिन्धुले निर्णय दिन सकीनन्, तर विस्तारै सुदामको बानी मन पर्न थालेपछि उनले बिहेको प्रस्ताव स्वीकारेकी थिइन्।

धेरैले सिन्धु मल्लले विवाहका कारण कम गीत गाएको अनुमान गर्छन्। तर यो जोडी भने विवाहले आफूहरुको काममा कुनै असर नगरेको बताउंदै गीत छानेर राम्रा मात्र गाउन थालेकोले कम भएको बताउँछन्। सिन्धु मल्लले अबको तीज गीत पछि छिट्टै अरु गीत पनि लिएर आउने बताएकी छिन्।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger