रेस्लिङ स्टाइलमा फाइटको यो भिडियो तमिलनाडुको हो ।यहाँको कैथुर जिलल्लाको फतिमा मेट्रिक स्कुलमा यो झगडा भएको बताइएको छ । यहाँ १० कक्षामा पढ्ने २ छात्रको झगडा भएको थियो । झगडाकै क्रममा एक छात्रले अर्का छात्रलाई उचालेर भुइँमा पछारे । पछारिने छात्र त्यसपछि उठ्न सकेनन् ।
डाक्टरका अनुसार पछारिने छात्रको कार्डिएक अरेस्टका कारण मृत्यु भएको थियो । यो घटनामा पछार्ने छात्र घटनास्थलबाट फरार भएका थिए । उनले पनि साथीको मृत्यु आफ्नो हातबाट भएको पश्चात्तापमा इनारमा हाम्फालेर आत्महत्या गरेका छन् । उनको शव इनारबाट प्रहरीले बरामद गरेको छ । हेर्नुहोस् फाइटको भिडियो -
Post a Comment