काठमाडौं । नेपाली चलचित्र रोमियो एण्ड मुना शुक्रबार देखि हलहरुमा लागिरहेको छ। भिन्दै पृष्ठभूमीमा देखाइएको प्रेमकथाले शुक्रबार र शनिबार हलसम्म पुगेका दर्शकको राम्रो प्रतिक्रिया आइरहेको छ।
चलचित्रको मूख्य भूमिकामा अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टी श्रेष्ठले अभिनय गरेका छन्। सहरिया तथा आधुनिक जीवनशैली बाँच्ने युवक र गाउँले केटीको प्रेमकथामा आधारित यस चलचित्रमा महिला हिंसा लगायत विभिन्न सामजिक मुद्दाहरु पनि उठान गरिएको छ।
हलमा पुगेका दर्शकले चलचित्रको सुरुवातमा मज्जाले हाँसेको र चलचित्र अन्त्यतिर आउँदाका दृश्य तथा संवादहरुले आफूहरु रोएको बताएका छन्। दर्शकहरुले नै यस चलचित्रले समाजमा संदेश पुर्याउने समेत बताएका छन्।
अभिनेता विनय श्रेष्ठ चलचित्रका निर्माता समेत हुन्। दर्शकहरुको प्रतिक्रियाले आफूहरु व्यवसायिक रुपमा पनि सफल हुनेमा आशावादी भएको उनले बताएका छन्। दर्शकहरुले राम्रो अभिनय गरेको प्रतिक्रिया दिइरहंदा सृष्टिले आफ्नो मेहनत खेर नगएको महसुस भएको बताएकी छिन्।
Post a Comment