बोल माया गीत गाएर एकाएक चर्चामा आएकी गायिका सान्ति श्री परियार र पिताम्बर जिसीको सुमधुर आवाज रहेको गीतको भिडियोमा अन्जली अधिकारी र महेन्द्र गौतमको रहेको छ।
अन्जली अधिकारी तिनै मोडल हुन् जसले लाखौँ नेपालीलाई रुवाएक थिए आफ्नो अभिनयमार्फत। शान्ति श्री र प्रकाश सवपुको निकै नै चर्चित गीत बोल मायामा अभिनय गरी अन्जली अधिकारीले सबैलाई रुवाएका थिए। फेरी एकपटक यस गीतमार्फत अन्जली र शान्ति श्री सँगै दर्शक श्रोतामाझ आएका छन्।
माया छुटेको बोलको मार्मिक गीतको म्युजिक भिडियोको निर्देशन भने प्रकाश भट्टले गरेका हुन् भने सम्पादन विष्णु शर्माले गरेका छन्। शिभ अखेलीको शब्द तथा संगीत रहेको उक्त गीत राजेश घिमिरेले खिचेका छन् ।
भिडियो हेर्नुहोस
Post a Comment