Latest Updates :

११ जनाको रहस्यमय मृत्युः के भित्तामा लगाइएका ११ पाइपमा लुकेको छ मृत्युको रहस्य ?

SHARE THIS POST :

एजेन्सी। भारतको राजधानी दिल्लीमा भएको ११ जनाको मृत्युमा एउटा निकै रहस्यमय कडी भेटिएको छ । यो घरको पछाडि भित्तामा ११ पाइप जडान गरिएका छन् । यी पाइपहरुले जो कोहीलाई चकित बनाएका छन् । कसैले यो बुट्टन सकिरहेका छैनन् कि यसरी पाइप किन राखिएको हो । फोटोमा देख्न सकिन्छ कि जसरी पाइप राखिएका छन् त्यो हेर्दा यी पाइपको कुनै प्रयोजन देखिँदैन । यी पाइपमध्ये ४ पाइप सिधा छन् र ७ पाइप मोडिएका छन् ।
भाटिया परिवारको घरपछाडि लगाइएका यी पाइपलाई उनीहरुको मृत्युसँग जोडेर हेरिएको छ । किनकि घरमा कूल ११ पाइप लगाइएका छन् जो कुनै प्रयोगको लागि लगाइएको देखिँदैन । पाइप देख्दा प्रस्ट हुन्छ कि परिवार अन्धविश्वासले जकडिएको थियो । किनकि घरमा मर्नेको संख्या पनि ११ छ र पाइप पनि ११ नै छन् । यसका अलावा पाइपमध्ये ४ सिधा छन् र ७ मोडिएका छन् । मृत्यु हुनेहरु पनि ४ पुरुष छन् र ७ महिला छन् ।

लाश भेटिएको घरबाट २ रजिष्टरसमेत बरामद भएको बताइएको छ । यी रजिष्टरमा सबैको मृत्युको दिन, समय र तरिकासमेत लेखिएको थियो । क्राइम ब्रान्च सूत्रका अनुसार परिवारले २०१५ देखि रजिष्टरमा नोट लेखिरहेका थिए । रजिष्टर घरभित्र रहेको एक सानो मन्दिरबाट बरामद भएको थियो । दिल्ली पुलिस अब दुई रजिष्टरको रहस्यमा अल्झिएको छ । रजिष्टरका पानाहरुमा मृत्युको तरिका, मृत्युको दिन र मृत्युको समय प्रस्ट लेखिएको थियो । आश्चर्यको कुरा परिवारका हरेक सदस्यको ज्यान त्यसैगरी गयो जसरी रजिष्टरमा लेखिएको थियो । अब प्रहरी रजिष्टरमा लेखिएका एक एक कुराहरुमा लेखिएको रहस्य सुल्झाउन लागिपरेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger