एजेन्सी । हामी सबैको चाहना हुन्छ दाँत चम्किलो र स्वस्थ रहोस्। त्यसैले हामी सबैले हरेक दिन ब्रस गर्ने गर्दछौँ। तर हामीले ब्रस गर्दा केही गल्ती गरिरहेका हुनसक्छौँ। थोरै मात्र व्यक्तिलाई ब्रस गर्ने सही तरिकाका बारेमा थाहा हुने गर्दछ।
कोही व्यक्तिले ब्रस गर्नुअघि टुथपेस्ट लगाएपछि मात्र ब्रसलाई भिजाउने गर्दछन् भने कोही व्यक्तिले ब्रसलाई भिजाएर त्यसमा टुथपेस्ट लगाउने गर्दछ। यो विषयलाई लिएर मोसल मिडियामा कुनै चर्चा हुने गर्दछ। ब्रसलाई कुन समयमा भिजाउँदा राम्रो हुन्छ भन्ने बारेमा आज हामी तपाईलाई जानकारी गराउँदैछौँ।
डेन्टिस्ट ल्यूक थोर्लेले एक अन्तवार्तामा टुथब्रसलाई कहिलै पनि भिजाउन नहुने बताएका छन्। उनले टुथब्रस नभिजाउँदा टुथपेस्टको असर कम हुने बताएका छन्। त्यस्तै यसै विषयमा कुरा गर्दै अर्का डेक्टिस्ट डा राहा सेपेहरले यदी ब्रस भिजाउनै पर्यो भने थोरै मात्र भिजानुहोस्। तर ब्रसलाई पुरै नभिजाउनुहोस्।
उनले ज्यादा पातलो टुथब्रसले ब्रस गर्नु तपाईको दाँतका लागि राम्रो नहुने समेत बताएका छन्। डेन्टिस्टले ब्रस गरिसकेपछि पानीले राम्रोसँग कुल्ला गर्नु पर्ने पनि बताएका छन्। यसो गर्दा तपाईको हातमा टुथपेस्टको अवशेष भित्र नरहने बताए।
यदी तपाईले टुथब्रसलाई त्यसमा लागेको फोहोर हटाउन भिजाने गर्नुभएको छ भने तपाईले ब्रसमा टुथब्रस कभर लगाउन सक्नुहुनेछ। यसो गर्दा तपाईको ब्रसमा व्याक्टेरिया रहदैनन् र तपाईले नभिजाएर ब्रसको प्रयोग गर्न सक्नुहुनेछ। ध्यान राख्नुहोस् ब्रसको कभरलाई समय समयमा सफा गरिरहनु पर्दछ।
Post a Comment