पहिले छोटो कपडाका कारण चर्चामा आउने रेखा थापा अहिले फरक कथा सहितका चलचित्रका कारण चर्चामा आउन थालेकी छन् । रेखा थापाका अनुसार, उनले चलचित्र क्षेत्रमा प्रवेश गरे देखि नै समानताको खोजी गरिरहेकी थिइन्। त्यो खोजी अहिले प्रत्यक्ष रुपमा बाहिर आएको हो।
रेखा थापा नेपाली चलचित्रका विभिन्न नायकसंगको लडाईका कारण विवादमा समेत आइन्। त्यो लडाई पनि अभिनेता विरुद्ध नभएर चलचित्रको भूमिका तथा त्यसको फलमा अभिनेता र अभिनेत्री बीच समान दायित्व तथा अधिकार हुनुपर्छ भन्ने आफ्नो मान्यताले गर्दा भएको उनी बताउँछिन्।
चलचित्र मालिकामा बालविवाह पछि महिलाले भोग्ने जीवन बारे देखाइएको छ । यो चलचित्र दुर्गम क्षेत्रमा पनि प्रोजेक्टको रुपमा लगेर देखाइने फिल्म युनिटले बताएको छ । उनीहरुका अनुसार , यो चलचित्र व्यवसायिक सफलता भन्दा बढी जनचेतनाका लागि बनाइएको हो।
Post a Comment