गायक सरोज ओली र स्मिता दाहालको आवाज रहेको ‘पानी कुवाको’ बोलको नयाँ उनी क्रुसँग देखिएकी हुन् । गीतको भिडियो अहिले सार्वजनिक भएको छ । ‘कार्टुन्ज क्रु’का सदस्यमाथि फिचरिङ गरिएको यो भिडियो अहिलेसम्मको फरक प्रकृतिको भिडियो भनिएको छ । जसमा कार्टुन क्रुका सबै सदस्य नेपाली पोशाकमा देखिएका छन् । दिनेश थपलियाको शब्दमा रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायाँकन गरेका हुन् ।
भिडियोमा मोडल आश्मा विश्वकर्मा , सरोज लगायत क्रुका अन्य सदस्यहरु दौरा–सुरवाल र स्टकोटमा देखिएका छन् । साथै भिडियोमा नायिका प्रियंका कार्कीलाई पनि देख्न सकिन्छ
Post a Comment