Latest Updates :

विश्वकप फुटबलबाट बाहिरिएपछि फुर्सदिला मेसी पहिलो पटक परिवार सहित टुरमा निस्के

SHARE THIS POST :
बार्सिलोना तथा अर्जेन्टिनी फवार्ड लियोनेल मेसी प्रिसिजन टुर अघि घुमघाममा मस्त देखिएका छन्। अर्जेन्टिना विश्वकप फुटबलबाट बाहिरिएपछि मेसी पहिलो पटक परिवार सहित क्याटलानको इबिजा विच पुगेका छन्।विजेता फ्रान्ससँग अर्जेन्टिना अन्तिम १६ मा ४–३ ले पराजित भएपछि मेसी पहिलो पटक सार्वजानिक रुपमा छुटिमा देखिएका हुन।
रिफ्रेसमेन्टका लागि श्रीमती र छोरा तथा नजिकका साथीभाइहरुसँग इबिजा पुगेका हुन्। इबिजामा रहँदा मेसीले लक्जरी बोटमा यात्रा गरेका थिए। सनबाथ गर्दे उनले साथीभाइसँग रमाइलो गरेपछि केहि समय पौडीको आनन्द पनि उठाएका थिए। मेसी विना योजना इबिजामा छुटी मनाउन पुगेका थिए। तर उनी दिनभर श्रीमती एन्टोनेलासँगभने रमाउन पाएनन्। उनी आफ्नो ब्यस्त स्याडुलका कारण केहि घन्टापछि नै इबिजाबाट फर्किएका थिए।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger