उनले प्रियंका चोपडा र ऐश्वर्या रायलाईसमेत पछि पारेकी छन्। दीपिका विश्वकी नवौं सबैभन्दा धेरै मन पराइएकी महिला बनेकी छन्। यो सूचीमा प्रियंका दशौं स्थानमा छिन् भने ऐश्वर्या ११ औं स्थानमा छिन्। अभिनेताको कुरा गर्दा महानायक अमिताभ बच्चन मात्र उक्त सूचीमा समावेश भएका छन्।
यूगोव नामक कम्पनीले जारी गरेको उक्त सूचीमा विश्वका ३५ देशमा आम जनतालाई इन्टरनेटमार्फत सोधिएको प्रश्नमार्फत भोटिङ गराइएको थियो। यो सूचीमा पुरुषको श्रेणीमा विल गेट्स एक नम्बरमा छन् भने महिलामा एंजिला जोली शीर्ष स्थानमा छिन्। यूगोवले तयार पारेको सूचीमा २० पुरुष र २० महिलाको चयन गरिएको थियो।
यो वर्ष दीपिकाकालागि निकै भाग्यशाली रह्यो। वर्षको सुरुमा रिलीज भएको दीपिकाको फिल्म ‘पद्मावत’ बस्क अफिसमा निकै सफल भयो। उक्त फिल्मले ३०० करोड भन्दा धेरैको व्यापार गरेको थियो। दीपिकालाई २०१८ मा एक म्यागेजीनले १०० प्रभावशाली महिलाको सूचीमा समावेश गरेको थियो। त्यतिमात्र होइन, उनी इन्टरनेशनल, वुमेन इम्प्याक्र रिपोर्ट २०१८ मा पनि आफ्नो स्थान बनाउन सफल भएकी थिइन्।
Post a Comment