एजेन्सी। ८ वर्षकी एक बालिकाको टाउकोको सिटी स्क्यान रिपोर्ट हेर्दा डाक्टरकै होस उडेको छ । रिपोर्टमा बालिकाको टाउकोमा सय भन्दा धेरै डल्ला देखिएपछि डाक्टर नै चकित परे । ध्यानपूर्वक हेरेपछि बल्ल थाहा भयो यी सबै टेपवर्म (एकप्रकारको जुका)को अण्डा थिए ।
टाक्टरले बालिकाको अपरेशन गरेर सबै अण्डा निकालेपछि बल्ल यसबारे बाहिर जानकारी दिएका हुन् । बालिका ६ महिनादेखि टाउको दुखेको गुनासो गरिरहेकी थिइन् । भारतको राजधानी दिल्लीस्थित फोर्टिस अस्पतालमा जाँच गराउँदा उनको टाउकोमा अण्डा भएको थाहा भएको हो ।
सुरुवाती जाँचमा डाक्टरलाई पनि यसबारे थाहा थिएन । डाक्टरले सुरुमा लक्षणका आधारमा ती बालिकााई न्यूरोसिस्टीसरकोसिस भन्ने रोग लागेको अनुमान गरेका थिए । यही कारण उनहिरुले यही रोगको औषधी दिए तर बालिकाको अवस्थामा सुधार भएन । यसका साथै बालिकालाई सास फेर्न समस्या हुन थाल्यो । त्यसपछि सिटी स्क्यान गरेर हेर्दा दिमागमा अण्डा भएको थाहा भएको हो ।
Post a Comment