Latest Updates :

चर्को आलोचना भएपछि १८०० बढी आप्रवासी बालबालिकाको बाबुआमासँग पुनर्मिलन

SHARE THIS POST :
बीबीसी । मेक्सिकोबाट गैरकानुनी रूपमा सीमा पार गर्ने क्रममा बाबुआमाबाट छुट्टिएका १८ सयभन्दा बढी बालबालिकालाई तिनका अभिभावकसँगै राख्ने वा मुक्त गर्ने काम पूरा भएको अमेरिकी सरकारले जनाएको छ।

आमाबाबुसँग भेटाउने म्याद सकिएको छ तर सात सय भन्दा बढी बालबालिका अझै हिरासतमा रहेका छन्। उनीहरूका बाबुआमालाई अमेरिका बाहिर पठाइसकिएकोले उनीहरूलाई आमाबाबुसँग भेटाउन नसकिएको बताइएको छ।

कैयौँ आप्रवासी बालबालिका अन्यौल र अमेरिकी प्रशासनिक झमेलमा फसिरहेको बताइएको छ। आप्रवासीसम्बन्धी ट्रम्पको नयाँ नीति लागु भएपछि २५ सय आप्रवासी बालबालिकाहरू आफ्ना आमाबाबुबाट छुटेका थिए। आप्रवासी बालबालिकाको त्यस्तो अवस्थालाई लिएर अमेरिकाको चर्को आलोचना भएपछि बालबालिकालाई हिरासतमा राख्ने निर्णयबाट ट्रम्प प्रशासन पछि हटेको थियो।

आज साँझको म्याद सम्ममा हामी सबै योग्य बालबालिकाको उनीहरूका आमाबाबुसँग पुनर्मिलन गराउँदै छौँ, अमेरिकी स्वास्थ्य मन्त्रालयका एक अधिकारी क्रिश मीकिन्सले भने। ट्रम्पको आप्रवासी सम्बन्धी 'शून्य सहनशिलता'को नीतिविरुद्ध मुद्दा दायर गरेको अमेरिकी सिभिल लिबर्टिज् युनियनले चाहिँ अमेरिकी सरकारले स्वपरिभाषित म्याद अनुसार मात्र काम गरेको बताएको छ।

सो संस्थाले अमेरिका बाहिर रहेका सबै अभिभावकहरूसँग सम्पर्क गर्ने प्रयास भइरहेको बताएको छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger