Latest Updates :

मुस्ताङमा १५ जनाको ज्यान लिने भयानक दुर्घटनाः

SHARE THIS POST :
काठमाडौं। मुस्ताङमा भएको भयानक दुर्घटनाका केही तस्वीरहरु सार्वजनिक भएका छन् । भयानक सडक दुर्घटना भएको छ । मजदुरहरु बोकेर हिँडेको बिरुवा कन्स्ट्रक्सनको बा २ ख २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको हो ।
मुस्ताङ जिल्ला अन्तर्गतको लो–घेकर दामोदरकुण्ड गाउँपालिका स्थित वडा न.३ स्याङबोछे र घिलिङ गाउँको बीच बाटोमा दिउँसो करिब १२ः३० बजे तिर खाना खाएर काममा फर्किने क्रममा दुर्घटना भएको बताइएको छ । दुर्घटना हुँदा १५ जनाको घटनास्थलमै मृत्युभएको र १७ जना घाइते भएको बताइएको छ । घाइते मध्येमा ५ जनालाई जिप मार्फत जोमसोम अस्पतालमा उपचारको लागि लगिएको र बाँकी १२ जनालाई हेलिकप्टर मार्फत उपचारको लागि लैजाने तयारी भइरहेको बताइएको छ । मृत्यु र घाइतेहरु रोल्पा, सिन्धुली, कैलाली र कपिलवस्तु लगायतका जिल्लाका भनिए पनि आधिकारिक पुष्टि हुन सकेको छैन । दुर्घटनाका फोटोहरु मुस्ताङ आवाज फेसबुक पेजबाट साभार गरिएका हुन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger