त्यसैगरी दिपेन्द्र रोकाको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माईल विधा जित्न सफल भएको छ । त्यसैगरी आईएमई डेली लाईफ विधामा सुनिता डंगेलले जित हात पारिन् । अंगद ढकालले अर्घाखाँची सिमेन्ट न्यूज उपाधि जितेका छन् भने श्रीराम खत्रीले नेपाल टेलिकम नेचर एण्ड वाईल्ड लाईफ उपाधि हात पारेका छन् । डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले हात पारेका छन् भने नेप्टोस फोटो स्टोरीमा मनिष पौडेल उत्कृष्ट भए ।
बिहिबार काठमाडौंमा एक कार्यक्रम गरी विजेताहरुलाई सम्मान गरिएको छ । आईएमई फोटो अफ दि इयर उपाधि हात पार्नु भएका श्रेष्ठलाई १ लाख नगद पुरस्कारबाट सम्मान गरियो । त्यसैगरी प्रथम, द्धितीय र तृतिय हुनेले नगद क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गरेका छन् । यसैबीच, यस वर्षको फोटो अफ दि ईयर विजेता नरेन्द्र श्रेष्ठले आफूले जिते वापतको रकम डुबानमा गत वर्ष ज्यान गुमाएका पाँच वर्षीय कमल सदाका परिवारलाई दिने घोषणा गरे ।
कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फोटो आफैमा जीवन भएकाले यसको महत्व बढदै गएको बताएका थिए ।
Post a Comment