२ दिनमा साक्षी धोनीको यो फोटोले २ लाख १२ हजार ६७९ लाइक पाएको छ । तर उनको यस फोटोमा देखिएको पहिरनले अहिले उनको आलोचना भईरहेको छ । इन्स्टाग्राममा हालेको फोटोमा उनलाई विभिन्न प्रतिक्रियाहरु आईरहेका छन् ।
उनले यो फोटो साथीहरुका साथसाथै पति महेन्द्रसिंह धोनीसँग खिचेको फोटो पनि आफ्नो एकाउण्टमा हालेकी छिन् । यस विषयलाई लिएर महिलाहरुले साक्षीको समर्थन गरेका छन् । उनीहरुले अरुको कुरा नसुन्न र भन्नेले भनिराख्ने गर्छन् त्यसमा ध्यान नदिन जस्ता प्रतिक्रिया दिएका छन् । तर पुरुषहरुले भने यस्लाई छुट्टै किसिमबाट आफ्नो प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।
उनीहरुले धोनीलाई नै यसबाट केही समस्या छैन भने मानिसहरुले जे भनेपनि नहुने कुरा व्यक्त गरेका छन् । यसै विषयलाई लिएर अहिले कमेन्ट बक्समा झगडा गर्ने मानिसहरु बढ्न थालेका छन् । उनीहरुले एक अर्कालाई नराम्रा र अशिष्ट भाषाको प्रयोग गरिरहेका छन् । कसैले यसलाई सुन्दरताको संज्ञा दिएका छन् भने कसैले यसलाई नांगोपन भन्ने गरेका छन् ।
Post a Comment