Latest Updates :

सनी लियोनीको जीवनको सबैभन्दा ठूलो राज, परिवारका यी सदस्यले गर्थे सनीलाई सहयोग

SHARE THIS POST :
एजेन्सी। सनी लियोनी एक यस्तो नाम हो जो केही वर्षदेखि चर्चामा रहँदै आएकी छन्। सनीले जे गरेपनि अहिले समाचार बन्ने गरेको छ। रील होइन रियल लाइफलाई लिएर पनि धेरै मानिस उत्सुक हुन्छन्।

यतिबेला आफ्नो बायोपिक ‘करणजीत कौर : द अनटोल्ट स्टोरी अफ सनी लियोनी’ का कारण चर्चाको शिखरमा छिन्।  यो बायोपिकमा सनी लियोनका यस्ता कुरा सार्वजनिक गरिएको छ, जो हामीलाई जानकारी  छैन।  आज हामी सनी लियोनीका विषयमा तपाइँलाई थाहा नभएका विषयमा जानकारी दिन गइरहेका छौं।

हामी सबैको जीवनका कुनै एकजना यस्तो व्यक्ति हुन्छ जसले हाम्रो जीवनको उतार चढावमा सधैं साथ दिइरहेको हुन्छ। सनीको जीवनमा पनि यस्तै भएको छ
एक व्यक्ति सधैं सनीलाई साथ दिन तयार हुन्थे। सनी पोर्न इण्डस्ट्रीमा जानु अगाडिदेखि अहिलेसम्म ती व्यक्तिले सनीको साथ छोडेका छैनन्। ती व्यक्ति अरु कोही नभएर सनीका भाइ संदीप वोहोरा हुन्। संदीपले जस्तोसुकै परिस्थितिमा पनि सनीको साथ दिँदै आएका छन्।
सनीले पहिलो न्युड फोटोशुट गर्ने कुरा संदीपलाई थाहा थियो। त्यो बेला सनी पेन्टहाउस म्यागेजीनकालागि आफ्नो पहिलो न्युड फोटोशुट गर्नेवाला थिइन्। संदीपलाई सनी पोर्नस्टार बन्दैछिन् भन्ने पनि थाहा थियो।
सनीको वास्तविक नाम करणजीत वोहरा भएको कुरा त सबैलाई थाहा नै छ। सनी पहिलो पटक न्युड फोटोशुट गराउँदै थिइन्, तब निर्देशकले न्युड फोटोसँग करणजीत नाम म्याच नगरेको भन्दै नाम परिवर्तन गर्न प्रस्ताव गरे। त्यतिबेला सनीले आफ्नो भाइ संदीपलाई सम्झिइन्। संदीपलाई घरका परिवारमा मायाले ‘सनी’ नामले बोलाउँथे। त्यसपछि करणजीतले केही नसोची आफ्नो नाम सनी राखिन्।
लियोनीको कुरा गर्दा एक चर्चित इटालियन निर्देशक सार्जिओ लियोनीको नामबाट लियोनी राखिएको हो। सनी र उनका भाइ संदीपको सम्बन्ध अहिले पनि सुमधुर रहेको छ। २०१६ मा संदीपको विवाहमा सनी सहभागी भएकी थिइन्।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger