Latest Updates :

डाक्टरमाथि विश्वास थिएन, आफैं युट्युब हेरेर बच्चा जन्माउने प्रयासमा महिलाको ज्यान गयो

SHARE THIS POST :
डाक्टरमाथि विश्वास नलागेपछि एक महिलाले युट्युबमा भएको भिडियोमा देखाइएको बच्चा जन्माउने तरिकाअनुसार बच्चा जन्माउने प्रयास गरिन् । तर धेरै रगत बगेपछि उनको ज्यान गएको छ । ती महिलालाई केही परिचितहरुले यस्तो गर्ने सल्लाह दिएका थिए । उनको परिवारका सदस्यलाई पनि डाक्टरमाथि भरोसा थिएन ।

भारतको तमिलनाडुको तिरुपुरमा यस्तो अनौठो घटना भएको हो । क्रिथिगा नामकी २८ वर्षकी ती महिा विद्यालयमा शिक्षिका थिइन् । क्रिथिगाले आफ्ना पनि कार्थिजेयानसँग मिलेर दोस्रो बच्चा घरमै जन्माउने तयारी गरेकी थिइन् । यसका लागि उनीहरुले युट्युबमा भिडियो हेरे । भिडियोमा गर्भवती महिलालाई बच्चा जन्माउन कसरी सहयोग गर्ने भन्नेबारे देखाइएको थियो । २२ जुलाइका दिन व्यथा लागेपछि उनीहरुले घरमै बच्चा जन्माउने तयारी गरे ।

लामो समयसम्म रक्तश्राव नरोकिएपछि दिउँसो २ बजेतिर स्थानीय अस्पताल लगियो तर त्यति बेलासम्म ढिलो भइसकेको थियो ।  महिलाको अस्पतालमै ज्यान गएको बताइएको छ । नवजात शिशुको अवस्थाबारे विस्तृत जानकारी आइसकेको छैन ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger