Latest Updates :

ग्याष्ट्रिकको समस्या छ ? भुलेर पनि नखानुहोस् यी खानेकुरा

SHARE THIS POST :
काठमाडौं। ग्याष्ट्रिकलाई नेपाली जनताको लागि आम रोग मानिन्छ। अधिकांश नेपाली ग्याष्ट्रिकको समस्याबाट पीडित छन्। केही यस्ता खानेकुराहरु छन् जसले ग्याष्ट्रिकको समस्या निकै बढाउँछन् । ती खानेकुराहरुबाट टाढै रहने हो भने ग्याष्ट्रिकको समस्या धेरै हदसम्म कम गर्न सकिन्छ । अमेरिकाकी पोषणविज्ञ क्याली केनेडीका अनुसार हामीले आफ्नो दैनिक खानामा परिवर्तन गरेर यो समस्या धेरै घटाउन सक्छौं। केनेडीले केही खाने कुराहरु बताएकी छिन् जसले ग्याष्ट्रिकको समस्या बढाउँछन् र यस्तो समस्या भएकाले यी खानेकुराबाट टाढै रहनुपर्छ।

१. सुख्खा गेडागुडीः सुख्खा गेडागुडी ग्याष्ट्रिकको समस्या ल्याउने सबैभन्दा ठूलो कारक हुन् । सुख्खा गेडागुडीमा रेफिनोज नामको तत्व पाइन्छ। राजमा, सुख्खा केराउ, चना लगायतका गेडागुडी सुख्खा नै खाने हो भने यसले ग्याष्ट्रिकको समस्या बढाउँछ। यसमा कम्प्लेक्स सुगर हुन्छ जसलाई पचाउन निकै कठिन हुन्छ।

२. ओट्स (जौ) : ओट्स पनि ग्याष्ट्रिक बढाउने ठूलो कारक तत्व हो । ओट्स जुनसुकै रुपमा खाए पनि यसले ग्याष्ट्रिकको समस्या बढाउँछ। यसमा ठूलो परिमाणमा सोल्युबल फाइबर हुन्छ। ओटाकिल, ओट्स वा ओटामिल कुकिज जेसुकै खाए पनि ग्याष्ट्रिकको समस्या बढ्छ।

३. दूध, आइसक्रिम र चीजः ल्याक्टो एक किसिमको सुगर हो जो हरेक डेरी उत्पादनमा हुन्छ। जसको शरीरमा लेक्टेज इन्जाइम पर्याप्त बन्दैन उनीहरुलाई ल्याक्टो पचाउन निकै कठिन हुन्छ। यी दूधजन्य पदार्थले ग्याष्ट्रिकको समस्या बढाउँछन्।

४. सोडा र कोल्ड ड्रिंकः सोडा र सफ्ट ड्रिंक वा कोल्ड ड्रिंकले ग्याष्ट्रिकको समस्या बढाउँछन्। यी ड्रिंकमा फ्रक्टोज नामको तत्व प्रयोग गरिएको हुन्छ जुन पच्न कठिन हुन्छ र ग्याष्ट्रिकको कारण बन्छ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger