यो घटना भारतको हरियाणास्थित टोहना क्षेत्रका हो। यस क्षेत्रमा धर्मको व्यापार गर्दै आएका जलेबी बाबा नामका धर्म गुरु यौन शोषणको आरोपमा पक्राउ परेका छन्। पक्राउ परेका उनको रहस्यमय कर्तुत बाहिरीएको छ। यी बाबाले कयौँ युवतीको बलात्कार गर्नु अघि जबरजस्ती शपथ दिलाउने गरेको खुलासा भएको हो। उनले जबरजस्ती यौन सम्बन्ध बनाउनु अघि युवतीलाई म आफ्नो मर्जीले यौन सम्बन्ध राख्दैछु भन्ने सपथ दिलाएर बलात्कार गर्ने गरेको खुलासा भएको हो।
यी बाबामाथि अमरपुरीमा ९० भन्दा बढी महिलामाथि बलात्कार गरेको र १२० अश्लिन भिडियो रेकर्ड गरेको आरोप लागेको छ। उनले पछिल्लो २० वर्षदेखि धर्म कर्मको आडमा बलात्कार र ब्ल्याकमेलिको धन्दा गर्दै आएका थिए।
आफ्नो समस्या लिएर आएका युवतीलाई उनले तन्त्र मन्त्रका नाममा आफ्नो जालमा फसाउने गर्दथे। एक महिलाले उनको कर्तुतसहितको एक भिडियो प्रहरीलाई दिएपछि उनको कर्तुत बाहिर आएको हो। त्यस भिडियोका आधारमा प्रहरीले केही दिनअघि बाबालाई पक्राउ गरेको थियो।
Post a Comment