बलिउडमा अहिले बायोपिकको ठुलै लर्को चलेको छ । पछील्लो समय संजय दत्तको बायोपिकले बलिउडमा निक्कै तहल्का मच्चाएको छ । शायद त्यसैको प्रतिफल होला धेरै प्रोड्युसरहरु बायोपिक बनाउन लालाहित भएका छन् ।
स्वर्गीय नायिका श्रीदेवीको जीवनमा आधारित फिल्म बलिउडमा बन्ने चर्चा चलिरहँदा साउथमा चर्चित कलाकार एनटीआरको जीवनमा आधारित फिल्ममा श्रीदेवीको भुमिकामा चर्चित नायिका राकुल प्रित सिंहले काम गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले फिल्म साईन नगरेपनि फिल्ममा उनले नै अभिनय गर्ने पक्का जस्तै भएको निर्माण पक्षले जनाएको छ ।
साउथबाट नै आफनो फिल्मी करियर सुरु गरेकी श्रीदेवी र एनटीआरको जोडी साउथमा निकै चर्चित थियो । सोही कारण एनटीआरको बायोपिकमा श्रीदेवीलाई छुटाउँन नमिल्ने भएपछि उनको भुमिका पनि तय गरिएको हो । फिल्ममा विधा वालन एनटीआरको भुमिकामा रहेकीछिन् ।
Post a Comment