हालै बाहिरिएको टेलिफोन वार्ताको रेकर्डमा उनी कुन नियतले अशोक दर्जीलाई काखी च्यापिरहेका छन् भन्ने कुरा छताछुल्ल भएको छ ।दाजु टिका बुढाथोकी (जो टंक बुढाथोकीको दाजु तथा म्यानेजर बताउँछन्) र दिपक न्यौपाने (अशोक अध्ययनरत विद्यालयका प्रिन्सिपल) बीचको बर्ता हो यो । बार्ता भनिएपनि यसमा एकतर्फी रुपमा टिका बुढाथोकी ले दीपक न्यौपानेको ‘ब्रेन वास’ गर्ने चेष्टा गरेका छन् ।
फोन वार्तामा टिकाले कहिले लोभ देखाएका छन् त कहिले नरम भाषामा धम्काएका छन् । उनले प्रयोग गर्ने भाषा शैली र त्यसमा ल्याउने उतार-चढाव सुन्दा उनी निकै माहिर खेलाडी झै लाग्छन् । टिकाले भनेका छन्, ‘हामी प्लान गर्दै, स्क्रिप्ट गरेर खेम खेल्दै अगाडि जानुपर्छ ।’
उनको यो भनाईले प्रस्टै हुन्छ की टंक बुढाथोकी र टिका बुढाथोकीको पैसा कमाउने मास्टर प्लान भित्र अशोक घेरिएका छन् । उनीहरुले बिच्छ्याएको जालोमा अबोध बालक पर्दै गएका छन ।अशोकले त यो जालो बुझ्न सक्ने छैनन । तर जुन हिसाबमा अशोकको प्रतिभाको कदर र उसको समर्थन भएको थियो त्यही हिसाबमा अशोकको प्रयोग गर्दै पैसा कमाउने र अशोकलाई बेबारिसे छोडिदिने टंक/टिका मास्टर प्लानको सबैले बिरोध गर्ने बेला आएको छ ।
Post a Comment