तीनकुने–सूर्यविनायक सडक विस्तार भए पनि एम्बुलेन्ससमेत जाममा पर्ने भएकाले एक घण्टा समय नै छुट्याउने गरेको अनुभव सुनाछन् उनी । उनी भन्छन्, ‘सडक त बन्यो, जाम घटेन, आकाशे पुल नहुँदा यात्रुलाई बाटो काट्न धौ हुने गरेको छ।’
ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका अनुसार पैदल यात्रुहरू सडकबाटै हिँड्नुपर्दा झन् जाम हुने गरेको छ। कोटेश्वर–कंलकी आठ लेनको सडक निर्माण गरेसँगै सवारी साधनको चाप पनि बढेको छ। कोटेश्वर हुँदै चक्रपथ र पूर्व जाने सवारीसाधन आवतजावत गर्ने गर्छ। त्यसैले कोटेश्वरमा पनि अण्डरपास निर्माणको बनाउनुपर्ने आवाज उठ्न थालेको छ।
प्रतिनिनिधिसभा सांसद महेश बस्नेत बढ्दो सवारी चापलाई व्यवस्थापन गर्नका लागि जडिबुटीदेखि कोटेश्वरसम्मको सर्भिस ट्रया खोल्नुपर्ने बताउँदै भने, ‘दीर्घकालीन समस्या समाधानका लागि एरपोर्टबाट अण्डरवास बनाउने प्रस्ताव अगाडि बढाइएको छ, तत्कालका लागि कोटेश्वरसम्म सर्भिस ट्रयाक खोल्नुको विकल्प छैन्।’
पूर्वबाट राजधानी भित्रिने मुख्य नाका कोटेश्वर हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएका कारण अन्यत्र उपत्यका काठमाडौं भित्र्ने मार्ग नहुँदा कोटेश्वर निकै अस्तव्यस्त बन्दै आएको छ। स्थानीय पदम जोशी जडिबुटीदेखि काटेश्वरसम्म हाल फुटपाथ रहेको ठाउँमा गाडी चलाउने गरी थप फुटपाथको विस्तार गर्नुपर्ने बताउछन्। कोटेश्वरको दायाँबायाँ नै एयरपोर्टको जग्गा पर्छ।
सडक विभागले मुनिभैरवदेखि मनहरा खोलासम्म वैकल्पिक मार्ग निर्माणको गृहकार्य अगाडि बढाएको छ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।
Post a Comment