Latest Updates :

प्रेमिकाको घरमा आपत्तिजनक हालतमा भेटिएपछि गाउँलेले गरे यस्तो हाल

SHARE THIS POST :
आफ्नी प्रेमिकालाई भेट्न उनको घर गएका युवकलाई गाउँलेले आपत्तिजनक हालतमा बेटेपछि रुखमा बाँधेर रामधुलाइ कुटेका छन् । प्रहरीले घटनाको सूचना पाएपछि घटनास्थल पुगेर युवकलाई नियन्त्रणमा लिएको छ । भारतको फतेहाबादको मिर्जापुरका ती युवकको धांगड गाउँकी युवतीसँग प्रेम थियो । यही कारण शनिबार उनी प्रेमिकाको घर पुगेका थिए ।

शनिबार युवतीका परिवार घरबाहिर गएका थिए । प्रेमिप्रेमिका रासलीलामा मस्त रहेका बेला छिमेकी महिला घरमा आएपछि कुरा बाहिरिएको थियो । ती महिलाले उनीहरुलाई देख्नासाथ हल्ला मच्चाइन् । लगत्तै छिमेकीहरु जम्मा भए र युवकलाई समाते । घटनाको सूचना युवतीका परिवारलाई दिइयो । त्यसपछि युवकलाई रुखमा बाँधेर रामधुलाइ कुटपिट गरियो । युवतीलाई पनि रुखमा बाँधियो । यही क्रममा कसैले यसको सूचना प्रहरीलाई दियो । घटनामा युवतीका परिवारले कुनै उजुरी दिएका छैनन् । युवकले भने कुटपिटको उजुरी दिएका छन् ।




SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger