कोहीले भिडियो नेपाली दर्शकले सहजै पचाउने खालको नभएको बताएका छन् त कोहीले बलिउड, हलिउडमा यस्ता दृश्यहरु पचाउने नेपालीले यसमा विरोध गर्न नहुने बताएका छन् । त्यस्तै कतिले नेपाली सिनेमाले छलाङ्ग मारेको प्रतिक्रिया दिएका छन् । कतिले भने प्रेमी नायक आयुष्मान देशराज जोशीसँग जोडेर प्रियंकाको चर्को आलोचना गरेका छन् । त्यस्तै कथाको मागअनुसार दृश्य दिएको प्रतिक्रिया पनि कतिपयले दिएका छन् ।
प्रियंकाले केही दिन अघिमात्रै प्रेमी आयुष्मानसँग ईंगेजमेन्ट गरेकी हुन । केही समयको प्रेमसम्बन्धपछि आयुष्मानसंग ईंगेजमेन्ट गरेकी प्रियंकाले भिडियोमा प्रमोदसँग दिएका अन्तरंग दृश्य अश्लील र भल्गर लाग्छन् । अश्लील भएकै कारण यता युट्युवले यो भिडियो हेर्न जिमेल अकाउण्ट हुनुपर्ने बनाएको छ । जिमेल एकाउण्ड भएका प्रयोगकर्ताले उमेर कन्फर्म गरेर भिडियो हेर्न सक्नेछन् । सार्वजनिक ‘रातको कुरा’ बोलको भिडियोमा होटेल–रेस्टुरेन्टमा युवायुवतीबीच हुने गरेका अन्तरंग दृश्लाई पर्दामा उतार्ने प्रयास गरिएको छ । भल्गर सिन दिने प्रियंकाको यो पहिलो कोसिस भने हैन । यसअघि उनले थुप्रै चलचित्रमा त्यस्ता भल्गर र कामुक दृश्यहरु दिएकी छिन् ।
‘राधे’मा प्रमोदसंगै दिएकी थिईन बेड सिन
नायिका प्रियंकाले ‘राधे’ चलचित्रमा पनि नायक प्रमोद अग्रहरीसंगै बेड सिन दिएकी थिईन । जुन चलचित्र युटयुवमा सार्वजनिक भईसकेको छ । उक्त चलचित्रको केही दृश्यमा प्रमोदसंग प्रियंकाको रोमान्स देख्न सकिन्छ ।
Post a Comment