यो घटना इंल्याण्डस्थित प्लाइमाउथ भन्ने स्थानको हो। यहाँ बस्ने एक जोडीले सफाईका क्रममा जमिन दबिएको देखे । त्यसपछि उले त्यहाँको कार्पेट हटाउँदा एक च्याम्बर देखे । त्यसपछि त्यसलाई खोतल्दा उनीहरु दंग बने । त्यहाँ वषौँ पुरानो कुवा थियो। त्यसको चौडाई करीब ३० इन्च थियो। खजानाको लोभमा जब त्यस कुवाको खोतले । ६७ वर्षीय कोलिन स्टीर नाम गरेका ती व्यक्तिको घरमा उक्त कुवा फेला परेको थियो।
कलिनले एक छिमेकीको मद्दतमा उक्त कुवालाई खोतल्न सुरु गरे। यसलाई खोतल्दा पानी आएका कारण यो पुरा गर्न ६ महिना लाग्यो। कलिनने जरुर उक्त कुवामा ठूलै बस्तु हुन सक्ने आशंका गरेका थिए। बाल्टी र डोरीको सहयोगमा त्यो कुवाको माटोलाई बारीर निकाल्ने काम गरिएको थियो।
त्यो क्रममा कुवाको बस्तुसँग बेल्चा अर्थात माटो फाल्ने भाँडोसँग ठोक्कियो। त्यसपछि उनले उक्त चीजलाई बाहिर ल्याए, तब उनको होस् उड्यो। उक्त बस्तु जर्मन सेनाको खतरनाक बम थियो।
बम भेटिएपछि कलिनले प्रहरीलाई सुचना गरे। त्यसपछि घटना स्थल पुगेको विष्फोजल टोलीले उक्त बम विश्व युद्धको समयको हुन सक्ने बताए। तर त्यो बम घरको मूनी कसरी आयो भन्ने बारे भने अहिलेसम्म रहस्यनै बनेको छ।
Post a Comment