Latest Updates :

ब्लकबस्टर ‘सैराट’को रिमेक ‘धडक’ ६ दिनमै पछारियो, लगानी उठाउन पनि मुस्किल

SHARE THIS POST :
मुम्बइ। ब्लकबस्टर फिल्म सैराटको रिमेक धडक भने बलिउडमा नराम्रोसँग पछारिएको छ । धडक रिलिज भएको छैटौं दिन भइसक्दा पनि उसले लगानी उठाउन पनि सकेको छैन । छैटौं दिनसम्ममा धडकको कमाइमा निकै ठूलो गिरावट आएको छ । यो फिल्मले बक्स अफिसमा सैराटले जस्तै सफलता पाउने आशा गरिए पनि फिल्म फ्लप भएको छ । यतिसम्म कि धडकलाई लगानी उठाउन पनि मुस्किल भएको छ ।

धडकले ओपनिङ निकै राम्रो गरेको थियो तर निकै छिटो यसको कमाइमा गिरावट आएको छ । अहिलेसम्ममा धडकले आइतबार सबैभन्दा राम्रो कमाइ गरेको थियो । आइतबार १३.९२ करोड कमाएको धडकको अहिलेसम्मको कमाइ ४७.३५ करोड पुगेको छ । धडकले शुक्रबार ८.७१ करोड, शनिबार ११.०४ करोड, आइतबार १३.९२ करोड, सोमबार ५.५२ करोड, मंगलबार ४.७६ करोड कमाएको छ । फिल्मको कूल बजेट ५० करोड छ ।


छैटौं दिनको कमाइ हेर्दा धडकले लगानी पनि नउठाउने संकेत देखिएको छ । किनकि धडकको लागि कमाइ गर्ने एक दिन मात्र बाँकी छ । आज बिहीबारको दिनमा लगानी उठाउन सकेन भने धडकले लगानी उठाउन कठिन हुनेछ किनकि भोली संजय दत्तको फिल्म ‘साहब बीबी और गैंगस्टर’ रिलिज हुँदैछ । भर्खरै संजय दत्तको बायोपिक संजूको कमाइ हेर्दा यसैको प्रभावले पनि संजय दत्तको फिल्म चल्ने अनुमान गरिएको छ । यस्तोमा संजयको फिल्मले धडकलाई हलबाटै विस्थापित गर्ने खतरा छ ।

ओरिजिनल मराठी फिल्म सैराट भने ब्लकबस्टर भएको थियो । सैराट मात्रै ४ करोडमा बनेको थियो र यसले १०० करोडको आँकडा पार गरेको थियो । सैराटभन्दा साढे १२ गुणा धेरै लगानीमा बनेको फिल्म धडकले भने सैराटको आधा पनि कमाउन सकेन ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger