मेक्सिकोको एक टेलिभिजन कम्पनीले आफ्ना दुई पत्रकारलाई बर्खास्त गरेको छ । समूह चरणमा दक्षिण कोरियाले जर्मनीमाथि २–० को सनसनीपूर्ण जित निकालेपछि ती दुई पत्रकारले लाइभ कार्यक्रममै खुसी मनाएका थिए ।
जर्मनीको हारसँगै मेक्सिको विश्वकपको प्रिक्वार्टरफाइनलमा पुगेको थियो । आफ्नो टिम नकआउट चरणमा पुग्दा खुसी थाम्न नकसेका पत्रकारद्वयले उपद्रो किसिमले सेलेब्रेसन गरेका थिए ।
टेलिभिजन कम्पनीले एक साताको अनुसन्धानपछि उनीहरूलाई जागिरबाट निकालेको हो । कम्पनीले पत्रकारद्वारा आचारसहिंता पालना नगरिएको जनाउँदै पदबाट हटाएको हो ।
Post a Comment