Latest Updates :

रुघाखोकी कति घातक ?

SHARE THIS POST :
रुघाखोकीलाई मानिसले सामान्य स्वास्थ्य समस्याका रूपमा लिने गर्छन् । तर, यसलाई हेलचेक्र्याइँ गर्दा गम्भीर स्वास्थ्य समस्या पनि निम्त्याउने गर्छ । रुघाखोकी नै संसारमा सबैभन्दा बढी हुने संक्रमण हो । मौसम परिवर्तनसँगै रुघाखोकी देखा पर्छ । मानिसलाई वर्षमा एक वा दुईपटक यस्ता समस्या देखा पर्ने गर्छ ।
 बेवास्ता गर्दा
रुघाखोकीलाई त्यति गम्भीर रूपमा नलिने धेरै मानिसको स्वभाव हुन्छ । सामान्य रोग मानिए तापनि रुघाखोकी बिग्रिएर मानिसलाई लामो समयसम्म सताउन पनि सक्छ ।
बेवास्ता गर्दा रुघाखोकी नै निमोनिया, दम, साइनोसाइटिस (पिनास) जस्ता रोगको कारक बन्न सक्छ ।

 यसरी लाग्छ
अनगिन्ती भाइरस छन् । जसमध्येको एक रानो भाइरसको संक्रमणबाट रुघालाग्ने गर्छ । धुलो, धुवा, प्रदूषण, बदलिँदो मौसममा विभिन्न एलर्जी हुन्छ ।

चिसोबाट एकाएक गर्मी सुरु हुँदा वा गर्मीबाट एक्कासि चिसो मौसम आएमा यस्ता भाइरस बढी सक्रिय हुन्छन् । जसका कारण मानिसलाई यसले आक्रान्त बनाउँछ ।

शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदा वा एलर्जीको संवेदनशील मानिसलाई बारम्बार रुघाखोकीले सताइरहन्छ ।
उच्च रक्तचाप, मधुमेह, मुटुरोगी, केटाकेटी तथा बूढापाकाहरू रुघाको बढी जोखिममा हुन्छन् ।

 यसरी सर्छ
रुघाबाट पीडित व्यक्तिले हाछ्युँ गर्दा या खोक्दा भाइरसयुक्त खकारको स–साना कण भुइँमा झर्छन् र वातावरणमा फैलन्छन् । स्वस्थ व्यक्तिले श्वासप्रश्वास गर्दा मुख र नाकका माध्यमबाट सिँगानबाट एक–अर्कामा रुघा फैलिन्छ ।

 यसकारण लाग्छ
बढी चिसो खाँदा,
इम्युनिटी पावर अर्थात् शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुँदा,
अव्यवस्थित खानपान, कब्जियत, अपच हुँदा,
शारीरिक र मानसिक तनाव,
ब्याक्टेरियाबाट इन्फेक्सन हुँदा ।

 लक्षण
चिसो लाग्नु, हाछ्युँ आइरहनु,
आँखा रसाउनुका साथै नाकबाट पानी बग्नु,
टाउको भारी हुनु, दुख्नु, नाक बन्द हुनु,
घाँटी खसखसाउनु,
सुक्खा खोकी लाग्नु,
स्वर मोटो भएर जानु, भासिनु,
जिउ दुख्नु, हल्का ज्वरो आउनु,
झिँझिनु, झर्को मान्नु,
अल्छी लाग्नु ।

 बचावट
रुघाखोकीबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ । बाहिरबाट घर भित्रिसकेपछि वा कुनै सामान छोएपछि हात साबुनपानीले धुने बानी बसाउनुपर्छ ।

बाहिर हिँड्दा मुखामा मास्क लगाउनुपर्छ । संक्रमणको मौसममा सिनेमा हल, आमसभा, मेलाजस्ता भिडभाडबाट सकेसम्म बच्नुपर्छ ।

रुघाखोकीबाट संक्रमित व्यक्तिको सम्पर्कबाट टाढै रहनुपर्छ । संक्रमण छ भने हाछ्युँ गर्दा वा नाक सफा गर्दा रुमाल या टिस्यु पेपरको प्रयोग गर्नुपर्छ ।

संक्रमित व्यक्तिले प्रयोग गरेको भाँडा, कपडा, बेडसिट आदि सेयर गर्नुहुँदैन ।

पुराना किताब या आलमिरा, कार्पेट आदिको समय–समयमा सरसफाइ गरिरहनुपर्छ ।

बिहान उठ्नेबित्तिकै नांगो खुट्टा हिँड्नुहुँदैन । एकैपटक गर्मीबाट चिसो वा चिसोबाट गर्मी ठाउँमा जाँदा पनि यसले सताउन सक्छ ।

चिसो, धुलो, धुवाँबाट बच्नुपर्छ । मोटरसाइकल, स्कुटर, साइकल चलाउँदा नाक–मुख राम्रोसँग छोप्ने गरी रुमाल बाँध्नुपर्छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger