Latest Updates :

पल्सर मोटरसाइकलको ट्याङ्की खोलेर हेर्दा प्रहरी चकित

SHARE THIS POST :
काठमाडौँ। भारत बिहार मोतिहारी सुगौलीका २८ वर्षीय अभिजित कुमार सर्राफलाई लुकाई छिपाई ल्याएको अवैध भारतीय रुपैयाँ ८ लाख १ हजार २ सयसहित शनिबार प्रहरीले पक्राउ गरेको छ।

बीरगंज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा रक्सौलबाट बीरगंजतर्फ सर्राफले चलाई ल्याएको बिआर ०५ के ६४४४ नम्वरको पल्सर मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलको तेल ट्याङकीको आधा भागमा पेट्रोल र अर्को भागमा अबैध भारतीय रुपैयाँ ५ सय दरको १ हजार ४ सय ३८ थान, २ हजार दरको ११ थान, २ सय दरको ३ सय १ थान लुकाई छिपाई राखेको अवस्थामा फेला परेको थियो।

सर्राफलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन  ललितपुरमा पठाइएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger