मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदमा पेश गरिएको उल्लेख गर्दै आमरण अनसन तोडेर वार्तामा आउन वरिष्ठ चिकित्सक केसीलाई आह्वान गरेका हुन्। उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रमा भएका सबै विकृति र विसंगतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताए।
आइतबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकार केदारभक्त माथेमा प्रतिवेदन कार्यान्वयन गर्न तयार रहेको स्पष्ट पारे। जुम्लामा आमरण अनसनमा बस्नु भएका वरिष्ठ चिकित्सक केसीलाई तत्काल काठमाडौंमा आउन मन्त्री पोखरेलको आग्रह छ।
मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिक परिषद (सिटिईभीटी) लाई पुनर्गठन गर्ने घोषणा गरे। उनले प्राविधिक शिक्षालाई आम जनताको पहुँचमा पु¥याउनेगरी सिटिईभीटीलाई पुनर्गठन गर्न लागिएको जनाए। मन्त्री पोखरेलले प्रविधिमैत्री शिक्षालाई मुलुकको समृद्धिसँग जोडन सरकार लागि परेको दाबी गरे। मन्त्री पोखरेलले शिक्षालाई जीवन उपयोगी बनाउन सबै तहको पाठ्यक्रम परिमार्जन गर्न लागिएको पनि बताए।
Post a Comment