काठमाडौँ। वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको शब्दमा रहेको ‘फूलको सामु’को गीत रिलिज भएको छ । गायक गङ्गाधर पराजुलीले स्वर दिएको फूलको सामु गीतलाई सङ्गीत बसन्त सापकोटाले दिएका हुन् । महाराज थापाको एरेञ्ज, राजा बाबु थारुको रेकर्डिङमा बनेको गीतले युट्युबमा राम्रो भ्यु पाइरहेको छ ।
मनोज ओली र आरती आचार्यले म्युजिक भिडियोमा मोडलिङ गरेका छन् । म्युजिक भिडियोका निर्देशक प्रकाश धिताल हुन् ।
सुगम सङ्गीतमा आधारित यो गीतले राम्रो प्रतिक्रिया पाएको गायक गङ्गाधर पराजुलीले बताएका छन् । वरिष्ठ गीतकार डा.कृष्णहरि बराल पनि यो गीतबाट खुसी छन् ।
Post a Comment