यो घटना भारतको चुरु भन्ने स्थानको हो। बुहारीले यौ सम्बन्ध राख्न नदिएपछि ससुराले उनीमाथि ४० भन्दा बढी पटक छुरी प्रहार गरेका थिए। घटनाका बारेमा वरिपरीका मानिसलाई थाहा भएपछि ती ससुराले विषालु पदार्थ पिएर आत्महत्या गरेका छन्।
विष पिएर घाइते बनेका ससुराको त्यहाकै डिबी अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो। ससुराको आक्रमणबाट बुहारीको अवस्था गम्भिर छ। उनको शरीरमा ४० देखि ५० वटासम्म घाउ बनेका छन्। महिलाको अवस्था देखेर चिकित्सकको समेत होस् उडेको छ।
प्रहरीलाई लिएको लिखित बयानपछि ती बुहारी बेहोस बनेकी थिइन्। महिलाको बयानपछि प्रहरी अनुसन्धानमा जुटेको छ।
यस्तो छ महिलाले प्रहरीलाई लिएको लिखित बयान
हामी चार वर्षदेखि सासु ससुराबाट अलग भएर भएर बच्चा र पतिसहित छुट्टै बस्दै आएका थियौँ । मेरो विवाह भएको ११ वर्ष भएको छ। मेरा पति काम विशेषले बाहिर गएका छन्। रातमा म बच्चासहित घरमै थिए, त्यही बेला ससुरा हाम्रो घरमा आए। किन आएको भनेर सोध्दा उनले बच्चासँग बस्न आएको बताएका थिए। राति ११ बजे म कोठामा गएर चुक्कुल लगाएर सुते, ससुरा बच्चासँग सुतेका थिए।
ढोका भित्रबाट लगाएका कारण ससुरा झ्यालबाट मेरो कोठामा छिरेर मेरो साथमा सुत्ने । त्यसपछि मैले त्यसको विरोध गरे। त्यसपछि उनले मेरो साथमा यौन सम्बन्ध बनाउनका लागि आफूले छोरालाई बाहिर पठाएको बताउँदै म सँग जवरजस्ती गर्न खोजे। त्यसपछि म चिच्याए। त्यसपछि उनले छुरी देखाएर मान्ने भए मान नत्र यसैले मार्छु भन्न थाले। त्यसपछि पनि मैले त्यसको विरोध गरेपछि म माथि पटक पटक छुरी प्रहार गरे। मेरो आवाज सुनेर वरपरका सबै जम्मा भएर मलाई अस्पताल पुर्याए।
Post a Comment