Latest Updates :

भिडियो खेल्नका लागि मार्टिनले गरे संसारकै सेक्सी युवतीसँग ब्रेकअप

SHARE THIS POST :
एजेन्सी । भिडियो खेल्नका लागि एक युवकले संसारकै सेक्सी युवती तथा आफ्नी प्रेमिकासँग ब्रेकअप गरेका छन्।

(मौसमको जानकारी दिने सबैभन्दा सेक्सी युवती) को उपाधि पाइसकेकी आफ्नी प्रेमिकालाई भिडियो खेल्नका लागि भन्दै ती प्रेमीले ब्रेकअप दिएका हुन्।

‘कल अफ ड्युटी’ नामको भिडियो खेल्नकै लागि युट्युब स्टार डौग्लास ‘फेज सेन्सर’ मार्टिनले आफ्नी प्रेमिका यानेत ग्रासियालाई ब्रेकअप
दिएको बताएका छन्।

२३ वर्षे मार्टिनले एउटा १० मिनेटको भिडियो पोष्ट गर्दै मोडल र टेलिभिजन स्टारसँगको आफ्नो तीन वर्षे पुरानो सम्बन्ध तोडेको खुलासा गरेका हुन्।

मार्टिनका अनुसार तीन वर्ष अघि उनी मेक्सिकोबाट अमेरिका यानेतलाई नै भेट्न पुगेका थिए। त्यसपछि उनीहरु सम्बन्धमा रहे र एक वर्ष अघि न्यूयोर्कमा सँगै बस्न थाले।

तर यानेतले मेक्सिको सिटीमा गएर आफ्नो पढाई पूरा गर्ने र वेदर गर्लको रुपमा आफ्नो काममा फिर्ता हुने सोच बनाएपछि सबै कुरा परिवर्तन भएको मार्टिनको दाबी छ।

आफू अत्याधिक भिडियो गेम खेल्ने भएकाले अब टाढाको सम्बन्ध कायम राख्न उनका लागि निकै गाह्रो हुने भएको हुँदा अलग भएको बताएका छन्।

‘म विश्व च्याम्पियनशिप जित्न चाहन्छु। म कल अफ ड्युटी पूरा गर्न चाहन्छु। अहिलेका लागि यो नै मेरो जीवनको एउटै लक्ष्य मार्टिनले बताएका छन्।

इन्स्टाग्राममा ६५ लाख फलोअर भएकी ग्रासिया पनि ब्रेकअप भएको प्रति कुनै गुनासो नभएको बताएकी छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger