Latest Updates :

अर्काको घर बनाउन गएका मजदुरको पहिरोमा पुरिएर मृत्यु

SHARE THIS POST :
बैतडी, ९ साउन । पहिरोमा पुरिएर दार्चुलामा आज एकजना मजदूरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ रौतेडाका २२ वर्षीय मदन ओड रहेका इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इञ्चार्ज प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए ।

आज बिहान २ः३० बजे सुतिरहेका बेला माथिबाट आएको पहिरोमा पुरिएर ओडको घटनास्थलमै ज्यान गएको हो । मृतक ओड विगत केही दिनदेखि शैल्यशिखर–९ रुप्सालखोला बाँजका मानसिंह विकको घर निर्माणको काम गरिरहेका प्रहरीले बताएको छ ।

सँगै सुतेका अन्य मजदूर भने भागेर बाँच्न सफल भएका इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । मृतक ओडको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger