चिकित्सकीय भाषामा कोठीहरुलाई मेलानिनको तत्व मानिन्छ जसमा पिगमेंटको मात्रा थुप्रिएको हुन्छ र यसकै कारणले छालाको रंग कालो, खैरो हुन पुग्छ । स्वास्थ्यसम्बन्धी९संदेश सामान्यतया रुपमा २० देखि ३० वर्षको उमेरसम्मका मानिसमा कोठी देखापर्ने गर्छ । यो विभिन्न आकारमा देखापर्न सक्छ जस्तै फ्यात्त परेको, डल्लो, गाँठो, असमान, स्थिरलगायत ।
अनि यिनीहरुमा रौं हुन पनि सक्छ र नहुन पनि । कोठीको मात्रा मानिसको वंशानुगत असर, हर्मोनमा आइरहने उतारचढाब तथा सूर्यको प्रकाशमा भर पर्छ । कतिपय कोठीहरु समय बित्दै जाँदा स्वतह हराएर जाने गर्छ भने कतिपय कोठीहरु सहजै जाँदैनन् । त्यसैले अस्पताल गएर कोठीको जाँच गराउन आवश्यक छ ।
यदि कोठीको रंग तथा आकारमा समय अनुसार परिवर्तन भइरहन्छ भने तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ किनकी यस्ता कोठी क्यान्सरको लक्षण पनि हुन सक्छ । तर अस्पताल गएर कोठीको जाँच गराउँदा सामान्य छ र त्यसले तपाँइलाई अनावश्यक तनाब दिएको छ वा त्यसलाई कसरी हटाउने भन्ने सोच्दै हुनुहुन्छ भने तलको उपचार विधि अपनाउन सक्नुहुन्छ ।
थप जानकारीको लागि पूरा भिडियो हेर्नुहोस् :
Post a Comment