३३ किलो सुन काण्ड : अपराध महाशाखाका सई रावल नियन्त्रणमा
काठमाडौं ।३३ किलो सुन काण्डमा महानगरीय प्रहरी अपराध महाशाखाका सई गजेन्द्र रावललाई अनुसन्धान समितिले नियन्त्रणमा लिएको छ । रावलको सुन तस्करीका मुख्य नाइके गोरे भन्ने चुडामणि उप्रेतीसँग सम्पर्कमा रहेको अनुसन्धानबाट देखिएपछि नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले समाचार दैनिकलाई जानकारी दिएको छ ।
रावलसँगै अपराध महाशाखाका चार जना प्रहरी अधिकारी ३३ किलो सुन काण्डमा मुछिएका छन् । यसभन्दा अघि महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई महाशाखाबाट हटाएर अनुसन्धान सुरु गरिएको थियो । त्यस्तै पूर्वडिआइजी गोविन्द निरौलालाई आइतबार पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । गत माघको पहिलो साता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बाहिरिएको थियो । उक्त सुन अहिलेसम्म गायव छ । सुन तस्करीसँग जोडिएका तीन जनाको ज्यान गइसकेको छ ।
Post a Comment