Latest Updates :

झम झम पानीमा गरिएको कालोपत्रे १६ दिनमै उप्कीयो ! अन्याय गरेको भए मर्न तयार छु : मेनुका थापा (भिडियोसहित)

SHARE THIS POST :
काठमाडौं । यो आर्थिक बर्ष सकिन एक महिना मात्रै बाँकी छ, जस कारण १० महिनासम्म नभएका पुर्वाधार बिकासका काम धमाधम भैरहेका छन् ।

आर्थिक वर्षको अन्तम सम्पुर्ण भक्तनी लिनैको लागि हतार हतारमा गुणस्तर र स्थायित्वको ख्यालै नगरी काम र बजेट सक्ने मेलो भैरहेको छ ।

यसको ज्वलन्त उदाहरण बनेको छ काठमाडौ धापासी स्थीत चक्रपथ शाहन्सेदेखि भगवती मन्दिर सम्मको १८ सय मिटर सडक ।

सडक डिभिजन २ नम्बर कार्यालय टेकु मार्फत महालक्ष्मी वार्लवाइड निमार्ण कम्पनी मार्फत ९ करोडको लागतमा निमार्ण भयो यो सडक कालोपत्रे भएको २ साता नबित्दै यो अवस्थामा पुगेको छ ।

सडकको स्तर वृद्धी, रिटेनिङ वाल, ह्युम पाइप लगाएतका सम्पुर्ण कामको लागि २ बर्ष अघि नै टेण्डर भएको थियो । तर निमार्ण कम्पनीले विभीन्न विवाद देखाउँदै आर्थिक बर्ष सकिनै लाग्दा हतार हतारमा कालोपत्रे गरेको हो ।

स्थानीयका अनुसार एक झरी परिरहेका बेला राती हिलोमा पिच गरिएको थियो । स्थानीयहरुले पानी परीरहेको बेला हिलो माथि कालोपत्र नगर्न बारम्बार आग्रह गर्दा पनि कालोपत्रे भएरै छोड्यो ।

त्यसै कारण हो अहिले यो पिच हिलो माथिबाट यसरी उप्किदैछ । रातीसम्म हिलोबाटो बिहान एकाएक चिल्लो देखियो तर त्यो चिल्लोबाटो एक सता पनि टिकेन । सडक डिभिजन कार्यालयबाट अनुगमनका लागि पुगेका टोलीले पनि बाक्लो पिच भएको स्थानबाट नमुना लगेर गए ।

यति मात्रै होइन कालोपत्रे गर्नुपुर्व राखिएको ह्युम पाइपमा समेत माटो भरिएको छ, जुन सफानै नगरी माथिबाट कालोपत्रे गरीएको छ । जो धेरै दिन टिक्दैन् ।

रक्षा नेपालकी सञ्चालक मेनुका थापाले चरम शोषण गरेकी पीडितहरुको आरोप

काठमाडौं । सामाजिक संस्थाको रुपमा परिचित रक्षा नेपालमा बस्दै आएका बालबालिकाहरुले आफुहरु माथि चरम अत्याचार भएको आरोप लगाउदै पत्रकार सम्मेलननै गरेका छन् । संस्थाकी सञ्चालक मेकुका थापाले आश्रयका नाममा आफुहरुको शोषण गरेको भन्दै उनिहरु रक्षा नेपाल र सञ्चालक विरुद्ध लडिरहेका छन् ।

समुहिक बलात्कार भएकी बैतडीकी पुजा बोहरा २०५८ साल देखि रक्षा नेपालमा बस्दै आएकी थिईन् । संस्थाकी सञ्चालक मेनुका थापाले आफुलाई सहयोग गर्नु भन्दा शोषण गरेको भन्दै उनि आफु अनुहार देखाई लड्न भन्दै हाम्रो कार्यालय आईन् ।

पुजा मात्रै हाईन त्यहा बस्ने सवै थापाका आफन्त बाहेक सबैको शोषण भएको पुजाको आरोप छ ।

पुजा मात्र होईन आफ्नै सानो बुवाबाट बलत्कार भई रक्षा नेपालको आश्रयमा पुगेकी विराटनगरकी प्रिनम शर्मा पनि रक्षा नेपालमा बस्ने पीडितहरुको झनै शोषण गरेको आरोप लगाउँछिन् । ७ महिना उक्त संस्थामा बसेकी प्रिनमा आफ्नो शोषण हुन थालेपछि त्यहा छाडेको बताउछिन् ।

सञ्चालक थापाले महिनावारी भएको अवस्थामा प्रयोग गरिएका लुगासमेत साना–साना भाई बहिनीलाई धुन लगाउने गरेको बताउछन् ।

यस्तै बलात्कार भएका युवतीहरुको अधिकारका लागि लड्ने सावित्री सुवेदी रक्षा नेपालले त्याहा बस्ने बालिकाहरुको शोषण भएको आरोप लगाउँछिन् । आफुले ५ बर्ष देखि बलात्कार भएका पीडितहरुलाई रक्षा नेपालमा पु¥याएपनि पीडितलाई परिवारसंग सम्पर्क पनि गर्न नदिने बताउछिन् ।

नर्सहरुको परीक्षामा शिक्षण अस्पताको चरम लापरवाही, प्रशासनले माग्यो माफी

काठमाडौं । त्रिभूवन विश्व विद्यालय अन्तर्गत शिक्षण अस्पतालले स्टाफ नर्सका लागि लिएको परीक्षामा चरम अनियमितता गरेको पाइएको छ ।

अस्पताल प्रशासनले ४० जना नर्स आवश्यक रहेको भन्दै गोरखा पत्रमा प्रकाशित गरेको सुचना अनुसार पिसिएल, विएन र विएस्सी नर्सिङ पास गरेका विद्यार्थीहरुले जेठ १२ गते परीक्षा लिएको थियो ।



लिखित परीक्षामा पास हुनेहरुको नतिजा परीक्षाको २ दिन पछि प्रकाशित भएको थियो । विद्यार्थीहरुका अनुसार प्रश्न पत्रमा ८० पूर्णाङ्क राखिए पनि प्रथम हुने विद्यार्थीलाई ९०.५ नम्बर दिएको छ ।

शिक्षण अस्पताल प्रशासनले भने शैक्षिक प्रमाण पत्रको नम्बर दिएको दाबी गर्दै आएको छ । तर शैक्षिक प्रमाण पत्रको समेत नम्बर दिने भने विज्ञापनमा खुलाइएको छैन ।

३२ सय जना परीक्षार्थीले परीक्षा दिएका थिए । प्रति परीक्षार्थी परीक्षा शुल्क भन्दै अस्पताल प्रशासनले १५ सय रुपैयाँका लिएको थियो । पिसिएल पास भएका कुनै पनि विद्यार्थी उक्त परीक्षामा उत्तिर्ण भएका छैनन् ।

यो बिषयमा पिसिएल पास गरेका नर्सहरुले संगठित हुदै आवाज उठाएपछि शिक्षण अस्पताल प्रशासनले माफी मागेको छ । शुक्रबार नर्स र अस्पताल प्रशासनको छलफलमा शिक्षण अस्प्तालका निर्देशक दिपक महरले आफ्नो गल्ती स्विकारर्दै आयन्दा यस्तो गल्ती नहुने बताए ।



हिलो माथि गरिएको पिच १५ दिनमै उप्कियो, एकाएक सडक चिल्लो देखिए पनि एक सता पनि टिकेन
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger