Latest Updates :

खाडीबाट युवाहरुको साथ धुर्मुस-सुन्तलीलाई ‘भ्रष्टाचारीले लगाएको भ्रष्ट आरोप खारेज गर्छौ’ सेयर गरौ

SHARE THIS POST :
चिकित्सा प्रतिष्ठान बिज्ञान वीर अस्पताल सफाइ अभियानता धुर्मुस सुन्तली फाउन्डेसनलाई अस्पताल सफाइको नाममा चन्दा सङ्कलन गरेको र अनियमितता गरेको भन्ने आरोप असमबेदनशिल, अचरित्रता, अपरिपक्व, अराजनितिक भनाउदाहरुको च्याप्लुसी पत्रकारहरुको मिथ्या समाचार हो।

यस्तो मिथ्या आरोपलाई खाडीबाट हामी युवाहरु खारेज गर्दछौ र धुर्मुस सुन्तलीलाई साथ् दिने प्रण गर्दछौ । यस्मा कुनै सत्यता छैन। हल्लै हल्लाको देश हो, हामी कोहि भ्रममा नपरौ।

धुर्मुस सुन्तली फाउन्डेसन जस्ता सँस्था र व्यक्तिहरु नेपालमा धेरै पहिला जन्मिनु पर्थ्यो र अझै पनि यिनीहरु रहिरहे भने नेपाल बिकसित राष्ट्रहरुको सुचिमा रहन समय लाग्ने छैन । धुर्मुस सुन्तलिहरुको समाज सेवाबाट जल्नेहरु, जो सरकारी निकायबाटै षड्यन्त्र पूर्णढंगले राष्ट्रभाव बोकेका राष्ट्र निर्माताहरुलाइ पछाडि पार्न खोजिदैछ, यो दुखद छ ।

जनताको श्रम सहभागिता बिना देश बन्दैन । तर जनताको श्रम चुसेर सिहदरबारमा बस्नेहरुले देशका लागि कहिलै सोचेनन । धुर्मुसले जनताको सहयोग मागेर ३ वटा नमुना बस्ति निर्माण गरे ।

नेपालमा भूकम्प जाँदा होस् वा मधेशमा बाढीपहिरो जाँदा होस्, धुर्मुस सुन्तली र राज्यले गर्ने उद्दार बीच आकाश जमिनको फरक छ । यो बिश्वास धुर्मुस सुन्तलीले हरेक नागरिकहरुलाई जगाएका छन् ।

सरकारले बर्सौ लगाएर गर्ने कामहरु, केहि महिनामै तयार गर्न सक्ने श्रमिक समाजसेवी धुर्मुस सुन्तली फाउन्डेसनलाई आरोप लगाउदा हामी जस्ता गरिबहरुको मन दुखेको छ । बिशेष गरि बिदेशमा बेरोजगार गर्ने हामी युबाहरुलाई धेरै मन दुखाएको छ ।

नेपालमा देशका लागि केहि गर्छु भन्ने मान्छे जन्मिन नहुने भयो । सत्य कुरा सुन्न नहुने भयो ।

नेपालमा बिपि जस्ता समाजबदी नेता, मदन जस्ता जनउत्तरदायी नेता, बिरेन्द्र जस्ता जनता प्रेमी राजाहरुलाई जसरि षड्यन्त्र गरेर मारियो, यो नै एउटा उदाहरण हो । यस्तै आरोप प्रत्यारोपमा आज धुर्मुस सुन्तली फाउन्डेसनलाई पनि नेपालका केही धमिराहरुले नजर लगाउन थालिएको छ ।

शान्ति खल्बल्याउने विखण्डकारीहरु, राष्ट्र बिरोधि तत्वहरु, भारत प्रेमी नेताहरुबाट धुर्मुस सुन्तली फाउन्डेसनलाई भ्रष्टाचारको निशाना बनाउदैं छन्, ति निशानीहरु भ्रस्टाचारकै चंगुलबाट उठेर आफु जस्तै नजरले धुर्मुस र सुन्तलीलाई हेर्दैछन ।

भ्रस्टाचार कहाँ भैरहेको छ ? कसले गरिरहेको छ ? कसरि भैरहेको छ ? भन्ने कुरा दुनियाले घाम झैँ छर्लङ्ग देखेको छ तर देशका लागि केहि गर्छु भनेर दिन रात अहोरात्र खट्ने धुर्मुस र सुन्तली कसरि भ्रष्टाचार भए ?

धुर्मुसले देश बनाउदा किन आपत्ति ? धुर्मुस सुन्तली बिरुद्द किन यस्तो झुटको खेति ? एउता नेताले अरबौ भ्रस्टाचार गर्दा चुप लाग्ने पत्रकार र मिडियाहरु धुर्मुसको पछी किन लाग्दै छन् ?

राज्यको सम्पति सुरक्षा गर्न नसक्ने निकम्मा राज्यले पनि आफुले त गरेन, धुर्मुस सुन्तलीले राज्यको सम्पतिलाई रंगरोगन गरेर सुरक्षा गर्दा किन साथ र सपोर्ट गर्दैन ? मन्त्री भनाउदाहरुका अभिव्यक्तिहरुले धुर्मुश सुन्तलीको मन दुखेकै हो ।

एउता सार्बजनिक बिकाशको काममा हानथाप गर्ने बेकामेहरु, आज गरिबहरुको उपचार गर्ने हस्पिटल सफा गर्दा स्वच्छतापूर्वक काम गर्ने सामाजिक अभियान्तालाइ सम्मान नगरेर, बेफजुल आरोप लगाउदा हामी आक्रोसित भएका छौ।

हिजो पनि धुर्मुस-सुन्तलीलाई साथ थियो, आज पनि तिनैलाई साथ रहनेछ । सच्चा समाजसेवीलाई संरक्षण गर्नु र बचाउनु सच्चा नेपाली मनहरुको दायित्व र कर्तब्य हुनेछ । धुर्मुश सुन्तली राष्ट्र निर्माता हुन् । यस्ता व्यक्ति पाउन युग कुर्नु पर्छ ।

यो देश माफियाहरुले लुटिरहेको बेला धुर्मुस र सुन्तलीलाई देखेर ज्युउने आधार खोज्ने मानिस हुँ । देशका लागि निश्वार्थ भावना बोकेका धुर्मुस सुन्तलीलाई साथ् दिऔ !

(सुबिन राज सेर्पाली -रुकुम भुमे ७, हाल साउदि अरब)

साभार postpati
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger