यो घटनाको लाइभ भिडियो शुक्रबार सार्वजनिक भएको हो । भिडियोमा ती बालिका तल खसिरहेकी देखिएकी छिन् । यद्यपि ती बालिकाले किन आत्महत्या गरेकी हुन् भन्ने खुल्न नसकेको भारतीय पत्रिका दैनिक भाष्करले लेखेको छ । समता नगर पुलिस स्टेशनबाट प्राप्त जानकारी अनुसार घटना बिहीबार साँझ ५ बजेतिर भएको हो ।
ती बालिकाले झ्यालबाट बाहिर निस्केर हाम्फालेपछि उनलाई सरकारी अस्पताल पुर्याइएको थियो । जहाँ डाक्टरले उनलाई मृत घोषित गरेका हुन् । त्यो फ्ल्याट केही वर्षदेखि खाली रहेको बताइएको छ । आत्महत्याअघि ती बालिकालाई झ्यालमा देखेपछि स्थानीयले तलबाट चिच्याएर रोक्ने प्रयास पनि गरेका थिए तर उनले सुनेको नसुन्यै गरी हाम्फालिन् । हेर्नुहोस् भिडियो ।
Post a Comment