Latest Updates :

ट्रम्पको आप्रवासन नीतिविरुद्ध सयौँ शहरमा प्रदर्शन

SHARE THIS POST :
बीबीसी । संयुक्त राज्य अमेरिकाका सयौँ शहरमा राष्ट्रपति डोनाल्ड ट्रम्पका आप्रवासन नीतिहरूको विरोधमा र्‍यालीहरू आयोजना भएका छन्।

मानिसहरूले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासी परिवारलाई उनीहरूका सन्तानबाट अलग गरिएकोमा विरोध गर्दै ती प्रदर्शनमा भाग लिएका छन्।

जनस्तरमा आक्रोश व्यक्त भएपछि त्यसलाई रोक्ने राष्ट्रपति ट्रम्पले बताउँदै आएका छन्।

६ सय ३० भन्दा बढी शहरमा कार्यक्रमहरू आयोजना गर्ने योजना बनाइएको थियो र प्रदर्शनकारीहरूले अमेरिकी सीमामा अलग गरिएका आप्रवासी परिवारलाई सँगै रहनदिइनुपर्ने माग राखेका थिए।

चौतर्फी आक्रोशपछि बालबालिकालाई अभिभावकबाट अलग गर्ने नीति उल्टायाउने राष्ट्रपति ट्रम्पले घोषणा गरे पनि अहिले पनि २ हजारभन्दा बढी बालबालिका आफ्ना आमाबुवाबाट अलग गरिएका छन्।

अभिभावक र सन्तानको सम्बन्ध प्रमाणित गर्ने अभिलेख नराखिएको भन्दै त्यस्ता बालबालिकाको भविष्यलाई लिएर चिन्ताहरू व्यक्त भइरहेका छन्।

मुख्य प्रदर्शनहरू वाशिङटन डिसी, न्यूयोर्क र अन्य अमेरिकी शहरहरूमा आयोजना भएका थिए। जहाँ प्रदर्शनकारीहरूले परिवारलाई अलग गरिनु नहुने धारणा सहितका प्लेकार्डहरू बोकेर सहभागिता जनाएका थिए।

प्रदर्शनकारीहरूले आप्रवासन नियन्त्रण गर्ने जिम्मेवारी पाएको एउटा निकायलाई सधैँका लागि बन्द गरिनुपर्ने माग गरेका छन्।

तर आइतवार सार्वजनिक हुने भनिएको एउटा अन्तर्वार्तामा ट्रम्पले त्यस्तो हुननसक्ने बताए।

न्युयोर्कमा शरणार्थीहरूलाई स्वागत छ भन्दै नाराबजी गरिएको थियो। सिकागोमा प्रदर्शनकारीहरूले संघीय आप्रवासन निकायहरूको स्थानीय कार्यलयबाहिर र्‍याली निकालेका थिए।

प्रदर्शनमा सहभागी एक बालिकाले भनिन्, म साँच्चै अपेक्षा गर्छु कि तपाईँ र अरू जोसुकै बालबालिकाले स्वतन्त्रतापूर्वक र हाँस्दै, खेल्दै जिउन पाउनुपर्छ। कुनै पनि बालबालिकालाई बन्दी बनाइनुहुँदैन्।

ट्रम्प प्रशासनको आप्रवासनबारेको शून्य सहनशीलतासम्बन्धी शुरूको नीतिले अधिकारीहरूले गैरकानूनी रुपमा मेक्सीको अमेरिका सीमा पार गर्न खोज्ने जोकोहीलाई पक्राउ गरी थुनामा राख्ने अधिकार दिन्छ।

त्यसको अर्थ बालबालिकालाई अभिभावकबाट अलग गरी राख्नुपर्ने हुन्छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger