Latest Updates :

यसरी हार्यो अर्जेन्टिना, चल्यो चारैतिर रुवाबासी

SHARE THIS POST :

यतिखेर विश्वकप फुटबलको रौनकता विश्वभर मज्जाले छाएरहेको छ । त्यही रौनकतासँगै अर्जेन्टिनी फ्यानहरुको लागि निराशा दुखको खदब आएको छ ।
शनिवार भएको विश्व कप फुटबलको पहिलो नकआउट चरणको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्यो। निकै रोमाञ्चक खेलमा सात गोल भयो। हाफ टाइमसम्म दुवै टीम एक एक गोलको बराबरी थिए।
तर दोस्रो हाफमा एक गोलले पछि परेपछि फ्रान्सले आक्रामक खेल खेल्दै तीन गोल गर्न सफल भयो। यसमा दुई गोल किलिएन ब्याप्पेले गरे।
थप समयमा अर्जेन्टिनाकातर्फबाट एग्युरोले गोल त गरे, तर त्यतिबेलासम्म खेल अर्जेन्टिनाको हातबाट गइसकेको थियो। खेलको सुरुवातदेखि नै फ्रान्सले अर्जेन्टिनामाथि दबाव बनाइ राख्यो।
खेलसँगै साविक उपविजेता अर्जेन्टिना यसपटक पनि विश्वकप उपाधि जित्नबाट बंचित भएको छ । फ्रान्सभने क्वाटर फाइनलमा स्थान बनाउन सफल भएको छ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger