Latest Updates :

युरिक एसिड बढ्यो ? यसरी गर्नुहोस् घरमै उपचार

SHARE THIS POST :
युरिक एसिड बढ्नुलाई चलनचल्तीको भाषामा यसलाई बाथ रोग भनिन्छ । जब शरीरमा युरिक एसिड बढ्छ, हाम्रो जोर्नी दुख्न थाल्छ ।

कतिपय अवस्थामा त हिँडडुल गर्नै गाह्रो हुन्छ । शरीरमा प्युरिन नामक तत्व टुक्रन्छ, तब शरीरमा युरिक एसिडको समस्या देखिन्छ । शरीरका कोषिका टुट्ने नयाँ बन्न प्रकृया चलिरहदाँ त्यसमा पाइने प्युरिन पनि टुट्न थाल्छ ।

प्युरिन टुक्रनाले शरीरमा रसायनिक असर देखा पर्न थाल्छ, जसले युरिक एसिड देखिन थाल्छ । यो रगतको माध्यमद्धारा मृगौलासम्म पुग्छ । साथै पिसाबको माध्यमद्धारा बाहिर निस्कन्छ ।

कसलाई हुन्छ युरिक एसिड…

– जो अस्वस्थ्यकर खाना खान्छन् तर, शारीरिक श्रम गर्दैनन् ।
– वंशानुगत रुपमा पनि दोस्रो पुस्तामा यो रोग देखापर्न सक्छ ।
– जाँडरक्सी र धेरै प्रोटिनयुक्त खानेकुरा सेवन गर्नेहरु ।
– रगत पातलो बनाउने औषधी, उच्च रक्तचापको औषधी सेवन गरिरहेकाहरु ।

कसरी हुन्छ युरिक एसिड ?

शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ ।

यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ ।जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ ।

उपवास वा तिव्र रुपमा तौल घटाउने चक्करमा पनि अस्थायी रुपले युरिक एसिडको स्तर बढ्न सक्छ । साथै, युरिक एसिड बढाउनमा मधुमेहको औषधी पनि एउटा कारण बन्न सक्छ ।

के हुन्छ असर ?

शरीरको साना-साना जोर्नीमा दुख्ने समस्या निम्त्याउँछ । यदि तपाईको उमेर २५ बर्षभन्दा बढी भएको छ र धेरै खाना खानुहुन्छ भने तपाई यस रोगको जोखिममा पर्नुहुनेछ ।

राती सुतेको बेला हात औंला, खुट्टाको औंलाको जोर्नीमा दुखाई महसुष हुन्छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ । युरिक एसिड खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ ।

यस रोगले शरीरको स-साना जोर्नीमा असर गर्छ । जोर्नीमा पीडा महसुष हुन्छ ।

तर युरिक एसिड बढे?

युरिक एसिड कुनै पनि बेला बढ्न सक्छ । यदी युरिक एसिड अचानक बढेमा खुट्टाको पिडुँला, जोर्नी, मृगौला तथा शरीरका अन्य भागहरुमा जमेर बसिदिन्छ । यसले भविष्यमा जार्नीको दुखाई, वाथ रोग, गाठागठी लगायतको समस्या निम्त्याउने गर्छ ।

कसरी नियन्त्रण गर्ने ?

– पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।
– खानपानमा सतर्कता अपनाउनु पर्छ । खासगरी प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन ।
– रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुराले युरिक एसिडको जोखिम बढाउँछ ।
– हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन-सि जरुर लिनुहोस् ।
– नियमित व्यायाम गर्नुपर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger