ललितपुरको शंखमूलस्थित यूएन पार्कमा गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ। मोष्ट वान्टेड सूचिमा रहेका गुन्डा लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले सोमबार यूएन पार्क नजिकै गोली प्रहार गरेको हो। प्रहरीको गोलीबाट खुट्टामा चोट लागेका उनको अहिले वीर अस्पतालमा उपचार भईरहेको छ। प्रहरीले लामाको साथबाट एउटा पेस्तोल र २ राउन्ड गोली समेत बरामद गरेको छ। गुन्डा नाईके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजीमा थिए। उनीमाथि ललितपुरको सातदोवाटो लगायत क्षेत्रमा व्यवसायीहरुलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो। लामा काभ्रेली समूहका दावा लामाको समेत सहयोगी भएको प्रहरीको दावी छ।
शंखमुलमा गुण्डा अशोक लामामाथि गोली प्रहार, वीर अस्पतालमा हुँदैछ उपचार
ललितपुरको शंखमूलस्थित यूएन पार्कमा गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ। मोष्ट वान्टेड सूचिमा रहेका गुन्डा लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले सोमबार यूएन पार्क नजिकै गोली प्रहार गरेको हो। प्रहरीको गोलीबाट खुट्टामा चोट लागेका उनको अहिले वीर अस्पतालमा उपचार भईरहेको छ। प्रहरीले लामाको साथबाट एउटा पेस्तोल र २ राउन्ड गोली समेत बरामद गरेको छ। गुन्डा नाईके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजीमा थिए। उनीमाथि ललितपुरको सातदोवाटो लगायत क्षेत्रमा व्यवसायीहरुलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो। लामा काभ्रेली समूहका दावा लामाको समेत सहयोगी भएको प्रहरीको दावी छ।
Labels:
News
Post a Comment