Latest Updates :

कामचोर ठेकेदारको घरमा बस्दै आएका प्रचण्डले त्यो घरमा बस्दिन भन्दै ठेकेदारलाई ठोक्न दिए यस्तो उर्दी

SHARE THIS POST :

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लापर्वाही गर्ने ठेकेदारहरुलाई कारबाही गर्ने बताएका छन् । आफु बसेको घरका मालिकले दाँया बाँया गरेको भए कारबाही हुने उनले प्रस्ट पारेका छन। चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्ने बताए । उनले भने, ‘घरबेटी र नघरबेटी भनेर चर्चा गर्न आवश्यक छैन । ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्छ । यदि त्यहाँ लापर्वाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ भन्नेमा कसैको विमति छैन ।’उनले अघि भने, ‘म जसको घरमा बसेको छ, त्यो घरको मान्छेले पनि गल्ती गर्‍यो भने कारबाही हुन्छ । गल्ती गरेको छैन भने प्रोत्साहित हुन्छ ।’ यदी गल्ती गरेको छ भने कारबाही गर्नु भनेर मैले गृह मंत्रीलाई भनिसकेको छु केही कैफियत भएमा म बस्दै आएको घर छोड्छु तर कारबाही चाही भएरै छोड्छ। ठेकेदारमाथिको कारबाहीबारे आफूले गृहमन्त्रीलाई बोलाएर कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे । ्रचण्ड ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले विभिन्न सडकको ठेक्का लिएर समयमा काम सम्पन्न गरेको छैन । र उनी कारबाहीमा पर्ने निश्चित छ।

 स्रोत:.hamroeconomy

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger