Latest Updates :

आमाबुबा सानैमा गुमाएकी ‘ टुहुरी ‘ साबी बि.क. ले एसईईमा ल्याईन यस्तो राम्रो नतिजा { हेर्नुस भिडियो }

SHARE THIS POST :
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिस्थित इमाडोलमा रहेको अनन्त माध्यमिक विधालय अध्ययनरत साबी बि.क.ले यस वर्ष एसईई परिक्षमा ४ जिपिएका साथ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी छिन्। भविष्यमा राम्रो पढेर डाक्टर बन्ने सपना बोकेकी साबी बि.क., आमाबुवा सानैमा गुमाएकी एउटी टुहुरी केटी हुन्।
म्याग्दीको पालीखेतको एउटा निकै विपन्न परिवारमा जन्मिएकी साबीले सानै हुँदा आफ्नी आमालाई गुमाएकी थिइन् । त्यसपछि बुबाको लालन पालनमा केहि समय हुर्किएकी उनलाई छोरीले राम्रो शिक्षादीक्षा पाओस् भनेर उनका बुवाले उनलाई काठमाडौँमा बस्ने गाउँकै एक जना दिदी शान्ता महर्जन बि.क. कोमा ल्याएर छोडे । छोरीलाई काठमाडौँमा शान्ताको जिम्मामा छोडेर आफू वैदेशिक रोजगारीमा जान लागेका उनका बुबाको घर (म्याग्दी) फर्कने क्रममा सडक दुर्घटनामा परी मृत्यु भयो।
बुबाको मृत्यु भएपछी उनको जीवनमा ठूलो बज्रपात नै पर्यो। राम्रोसँग आमा भनेर भन्न पनि नसक्ने उमेरमै आमाको काख गुमाएकी साबी त्यसपछि बाँकि रहेको एउटा आधार बाबाको माया पनि गुमाएईन् अनि बेसाहारा टुहुरी हुन पुगिन्। हामीले उनीसँग पारिवारिक प्रसंग कोट्याउँदा नै गहभरी आँसु बनाएकी उनी, आमा र बुबाको मृत्युको कुरा गर्दा गर्दै नाथामिने गरी रुन पुगिन्। केहीबेर अन्तर्वाता नै रोक्नु पर्ने अवस्था आयो। त्यसपछि हामीले उनको काहालीलाग्दो पारिवारिक घटनाक्रम खासै कोट्याउने सोच बनाएनौं।
उनलाई कसरी यति धेरै अंक ल्याउन सकिने रहेछ नी भनेर प्रश्न गर्दा उनले जवाफमा भनिन्, ‘कसैले पढ भनेर होईन की यदि, आफैलाई मैले पढ्नु पर्छ भनेर महशुस भयो भने चाहे जति नम्बर ल्याउन सकिन्छ।’ साबीले भविष्यमा आफुलाई डाक्टर बन्ने इच्छा रहेको पनि बताएकी छन्।
अहिले पनि बुबाले सानैमा जिम्मा लगाएकी शान्ता महर्जनकै अभिभावकत्वमा ललितपुरको इमाडोलमा बसिरहेकी साबीले कक्षा – १ देखि नै इमाडोलमा रहेको अनन्त मा.वि. मा अध्ययन गरेकी हुन्। शान्ता महर्जनको लालनपालनमा हुर्किएकी साबीको बारेमा उनीसँग (शान्ता) बुझदा, साबी सानैदेखि निकै जेहनदार र लगनशील भएको उनले बताइन्। सानैदेखि खेल्ने, कुद्ने र टिभी हेर्ने भन्दा पनि पढ्नमा बढी तल्लिन रहने उनको बानी रहेको शान्ताले बताइन्। साबीको बाल्यकाल समरण गर्दै उनले भनिन् – ‘सानो छँदा साबीले ढोका पछाडि लुकेर समेत पढ्ने गर्थिन्। कता गइन् भनेर खोज्दै जाँदै ढोकाको कुनामा लुकेर पढेको देख्दा निकै मायाँ र खुसि पनि लाग्थ्यो, मलाई ।’
शान्ताले एसईई सम्म त दुखसुख गरेर पठाएको तर अब भने कसरी पढाउने भन्ने विषयले आफुलाई चिन्तित बनाउने गरेको पनि बताइन्। ‘मैले यहाँ सम्म त पढाएँ अब भने उनको उच्च शिक्षाको लागि सम्पूर्णले सहयोग गरे उनको डाक्टर बन्ने उदेश्य पुरा हुने थियो’, उनले भनिन् । शान्ताले साबीको पढाई पनि निकै अब्बल रहेको र उनको डाक्टर बन्ने उदेश्य रहेकोले सो उदेश्य पूरा गर्नको लागि सहयोगको पनि सम्पूर्णमा आग्रह गरीन्।
साबी कक्षा – १ देखि नै कक्षामा प्रथम हुने मेधावी छात्रा रहेको विधालयका प्रधानाध्यापक गोपाल प्रसाद घिमिरेले बताएका छन्। उनको नतिजाबाट आफू अत्यन्त खुसि भएको प्रधानाध्यापक घिमिरेले बताएका छन्। साबी बि.कले अध्ययन गरेको विधालय अनन्त मा.वि. बाट २०७५ मा ४५ जना विधार्थीहरु एसईई परिक्षामा सहभागी भएकोमा साबी बि.क सर्वउत्कृष्ट ४ जिपिए सहित १० ‘ए प्लस’, १४ ‘ए’ १८ ‘बी’ प्लस र बाँकि २ ‘बी’ विधार्थी ग्रेडमा उत्तीर्ण भएका छन् ।
हेर्नुस भिडियो
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger