हाम्रो मुलुकले बिकासमा नयाँ फड्को मार्ने समय भनेकै जेठ असार महिना । टोलटोलमा सडक निर्माण, खाल्डा खुल्डी पुरपार, धुलो उडाँउदै रातारात सडक पिच । वाह क्या दृश्य देखिन्छ आजकल ।
यहि गतिमा १२ महिना काम हुने हो भने, मुलुकले बिकासमा अग्रगामी छलाङ मारेरै छोड्छ । बजेट सक्ने यो खेल जसको सरकार आएपनि चलेको चलेइ छ । हेर्दा सडक कालो देखिनु प¥यो सक्कीयो । विकाश गर्न वा मजबुद संरचना बनाउन होइन बजेट सक्न गरीने यो खेतिपाती रुपी नाटक हरेक वर्षको जेठ असारमा मञ्चन हुन्छ ।
यो नाटक कसैले आजसम्म रोक्न सकेका छेनन् । न अनुगमन गर्ने कोही देखिन्छन् न निर्माणको डिटेलको सुचना कतै देखिन्छ । बस् निर्माण भटाभट भैरहेको छ । कति समय टिक्छ भनेर नसोध्नुस् । यत्ति बुझ्नुस् काम भैरहेको छ ।
हे प्रभु बजारमा पाइने चाइनीज खेलौनाको समेत वारेन्टी हुने जमानामा करोडौँ खर्च गरेर असार मसान्तमै सक्नु पर्ने बाटो कति बर्ष टिक्छ, कसैलाई थाहा छैन । यस्तो लाग्छ कि मुलुकमा बाटो रातारात बन्न कित विदेशी बिशिष्ट पाहुना आउनु प¥यो कि त बजेट सक्न जेठ असार लाग्नु प¥यो ।
निर्माण स्थलमा गएर एक घण्टा उभिनु भयो भने त्यो संरचना कति समय टिक्ला भनेर ठ्याक्कै अनुमान गर्न सकिन्छ, कुनै इञ्जीनियरिङको ज्ञान नभएपनिी । बिकाश गर्नु नै छ त्यसैले झम झम पानी परे पनि परोस् मतलब छैन, देश बिकास र समृद्धि तर्फ लम्क्यो, लम्क्यो ।
गरेको पिच पकपकी उप्कीए उप्कीयोस् तर हेर्दा हिलो बाटो कालो चिल्लो देखिनु प¥यो, अनुगमन कर्तालाई छल्न र कुरो मिलाउन त के को आइतबार ? रकम निकाशा जसरी पनि भैहाल्छ नी । राज्य कोषको चरम दोहन नभएको भए, हिजो अस्ती पिच गरेका बाटाहरु २/२ पाइलामा खाल्डा पर्थे ?
करोडौं खर्च गरेर वर्षाै लगाएर बनाएका पुलहरु गल्र्याम गुर्लुम ढलेको दृश्यले मुटुमा अगुल्टोले झासेको जसरी दुख्दैन भने भो न कुरा गरौ तर हामी भन्दा कंगाल, हरितन्नम देशहरुसमेत बिकास र समृद्धिको कहिल्यै पछि फर्किनु नपर्ने बाटोमा सुपर फाष्ट ट्रायाकमा हिँडि सक्दा पनि हामी चाही कमिशनको जालो बाट कहिले पनि मुक्त नहुने हो भने यो हाम्रो मुलुकले नयाँ खालको टुरीजमको अवधारण ल्याउनु पर्छ ।
संसारभरका मानिसहरु अब हामीलाई यस कारणले हेर्न आउने छन् कि हेर सभ्यताको सुुरुवात भएको देश अझै यो हालतमा छ, हेर एउटा गतिलो हाइवे समेत बनाउन नसकेको देश अझै यहि छ, हेर कमिशनको चक्करमा सबैभन्दा छिटो सडक पुलहरु भत्कीने देश ।
इमान्दारी म¥यो भने राजनीति मात्र सप्रेर के हुन्छ ? राजनीतिज्ञ एकदम धनी तर जनता गरीबको गरीब भएको देश एक पटक हेर्र्नै पर्छ भनेर पनि टुरीष्टहरु आउन सक्छन् । सगरमाथा, गौतम बुद्धको नाम त हामीले चाहिने भन्दा बउी नै भजाई सक्यौँ । अब हेर्न बाँकी यहि रमिता हो । के अब बिजोक देखाएरै टुरिस्ट भित्राउने हो त ?
हेर्नुहोस भिडियो
Post a Comment