Latest Updates :

सार्वजनिक यातायातमा महिलालाई छोए जेल चलान गर्ने नियम ठिक कि बेठिक? (भिडियो रिपोर्ट)

SHARE THIS POST :
भक्तपुर सार्वजनिक यातायातका साधनमा हुने यौन दुर्व्यवहार रोक्न प्रहरीले साउन १८ देखि नयाँ अभियान सुरु गरेको छ।अभियानको नाम ‘सेफ्टीपिन’ दिइएको छ। प्रहरीको अनुगमनमा सार्वजनिक यातायातका साधनमा यौन दुर्व्यवहार हुँदा महिलाले सुरक्षाका लागि सेफ्टीपिनले घोचेर पुरुषलाई भगाउने गरेको देखियो।
यही आधारमा अभियानको नाम ‘सेफ्टीपिन’ राखिएको हो। यौन दुर्व्यवहारमा संलग्नलाई पक्राउका लागि सार्वजनिक यातायातका साधनमा सादा पोसाकका प्रहरी खटिएका हुनेछन।
प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष महिला तथा बालबालिकामाथि हुने अपराधको संख्या बढ्दो छ। महिलामाथि हुने हिंसा रोक्न एक सार्वजनिक गाडीमा एक महिला प्रहरीसहित तीन जना प्रहरी परिचालन गरिने छ ।
साथै प्रहरीको भ्यान पनि तयारी अवस्थामा राख्ने र कसैले महिला हिंसा गरे तुरुन्त प्रहरी भ्यानमा हाली प्रहरी कार्यालयल ल्याएर कानूनी कारबाही गरिने प्रहरीले जनाएको छ ।
यसै बिषयमा आम सर्वसाधारणहरु के भन्छन ?
हेर्नुहोस भिडियो :
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger