Latest Updates :

यीे सुन्दरी हुन राजेन्द्र महतोको गर्लफ्रेण्ड, महतोको प्रेम लिलाले राजपामा खैलाबैला, गर्लफ्रेण्डलाई बनाइछाडे सांसद

SHARE THIS POST :
अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रेम सम्बन्ध चर्चाले राष्ट्रिय जनता पार्टी (राजपा) का बैठकमा तरंग ल्याएको छ। पार्टीको केही दिन यता लगातार बसेका बैठकमा महतोको प्रेम लिलाबारे व्यापक कुराहरु उठेको बुझिएको छ।

मधेसको अधिकारका लागि लड्दै आएको भनेपनि मधेसकेन्द्रीत दलका नेताहरुले सांसद बनाउँदा श्रीमती, गर्लफ्रेण्ड तथा सालीलाई बनाउने गरेको अवस्थामा महतोले पहिला श्रीमती र अहिले गर्लफ्रेण्डलाई सांसद बनाएका हुन्।

खासगरी सुन्दर र जवान देखिने नरमाया ढकाललाई समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाएदेखि नै अध्यक्ष मण्डलका सदस्य महतोको नाम जोडेर विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन्। सांसदमा सिफारिस गर्दा ढकालको महतोसँगको चक्करको चर्चाले सामाजिक सञ्जालहरु रंगिएका थिए ।

अहिले यो विषयले पार्टीभित्र पूनः चर्चा पाएको बुझिएको छ । सांसद रहेका नेता महतो प्रेममा लसपसिँदा पार्टीभित्र हंगामा भएको एक नेताले बताए । उनले भने, ‘यो विषयमा अहिले पार्टीभित्र निकै चर्चा छ, केही नेताहरुले राजेन्द्र महतोजीसँग तपाईको नाम जोडेर बाहिर यस्तो बद्नाम भयो, यो के गरेको भनेर सोध्नुभएको थियो, तर राजेन्द्र महतोजीले यो मेरो व्यक्तिगत स्वतन्त्रताको कुरा हो भन्दै नरमायाको बचाउ गर्नुभयो।’

महतोले ढकाल ठीक मान्छे भएको बताउँदै उनको विषयमा कुरै नगर्न नेताहरुलाई आग्रह गरेका थिए । ढकाललाई सांसद बनाएपछि सामाजिक सञ्जालमात्रै नभएर त्यतिवेला पनि राजपामा खैलाबैला मच्चिएको थियो ।

ढकाल खसआर्य सूचीबाट सांसद बन्न सफल भएकी थिईन् । राजपाको नेतृत्वले समेत उनलाई सांसद बनाउन नचाहेको खबरहरु बाहिरिएका थिए । तर, यी सबैका बावजुद ढकाललाई नेता महतोको चर्काे दबाबमा सांसद बनाइएको पार्टी पंक्तिका शीर्ष नेताहरुले बताउँदै आएका छन् ।

गैरसरकारी संस्थामा आबद्ध नरमाया काठमाडौंमा बसेर सदभावनाको पार्टी राजनीतिमा सक्रिय रहेको उनीहरुको भनाई रहेको छ । ढकालले नागरिकता स्याङ्जाबाट लिएकी हुन् । उनको विवाह चितवनमा भएको छ । अहिले काठमाडौँको बत्तिसपुलतीमा उनको स्थायी बसोबास छ ।

यसअघि महतोले आफ्नै श्रीमती शैलीदेवी महतोलाई सांसद बनाएर विवादमा तानिएका थिए। नेपालपानाबाट

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger