Latest Updates :

सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरीको छापा मार्दा प्रहरी चकित …भिडियो सहित पूरा हेर्नुहोस..!

SHARE THIS POST :
करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानी एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ ।उनी प्रहरीले यो प्रकरणको अनुसन्धान थाले लगत्तै घरमा ताला लगाएर फरार भएका थिए । अग्रवाल भारतमा लुकेर बसेको आशंका गरिएको छ ।शुक्रबार प्रकरणको अनुसन्धान गर्न गठिन विशेष अनुसन्धान समितिले उनको घरमा छापा मारेर केही महत्वपूर्ण कागजातहरु बरामद गरेको दाबी गरेको छ

डीएसपी केसी र अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी लोहनीबीच पटक–पटक फोनमा कुरा हुन्छ, इन्काउन्टरलाई अन्तिम रूप दिन । सनमको मृत्यु भइसकेपछि भारत भागेका गोरेलाई नेपाल बोलाएर धरान र इटहारीको बीचमा पर्ने चारकोसे झाडीको जंगलमा लगेर इन्काउन्टर गर्ने योजना बनिसकेको थियो । तर गोरेले प्रहरीको चाल थाहा पाइसकेपछि योजना सफल हुन सकेन ।अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी लोहनी र डिएसपी केसीबीच भएको टेलिफोन संवाद सार्वजनिक भएपछि गोरे र उनको समूहलाई इन्काउन्टरमा मार्ने योजना पनि बाहिर आएको हो ।डीएसपी केसीले लोहनीसँगको फोन संवाद आफ्नै मोबाइलमा रेकर्ड गरेर राखेका थिए । पछि मोरङ जिल्ला अदालतसमक्ष उक्त रेकर्ड बुझाएका थिए । सोही फोनकलको रेकर्ड अहिले सार्वजनिक भएको छ ।सार्वजनिक भएको लोहनी र केसीको फोन वार्तामा मुख्य केटो (गोरे) र उनका साथीलाई कुन जंगलमा लगेर इन्काउन्टर गर्ने भन्ने विषयमा भएको कुराकानी सुन्न सकिन्छ ।फोन संवाद सुन्दा गोरे र उनको समूहका सदस्यको इन्काउन्टर गर्न नै केसीको टोली मोरङ पुगेको अनुमान लगाउन सकिन्छ ।

साढे ३३ किलो सुन लोहनीको सम्पर्कमा ?

डीएसपी केसीले एसएपी लोहनीसँग भएको फोन संवादको अडियो अदालतमा मात्रै बुझाएका थिए । सुनकाण्डको छानबिनका लागि गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेल नेतृत्वको टोलीका सदस्यलाई समेत उनीहरूले गोरेको इन्काउन्टर गर्न खोजेको विषयबारे पत्तो थिएन ।तर अब फोन कलको अडियो नै सार्वजनिक भइसकेपछि सुन काण्डको अनुसन्धानमा नयाँ ट्वीस्ट आएको छ ।गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएर बेपत्ता भएको भनिएको साढे ३३ किलो सुन एसएसपी लोहनी र उनको समूहको सम्पर्कमा रहेको हुनसक्नेतर्फ सुन समितिले अनुसन्धान अगाडि बढाएको छ ।

‘अपराध महाशाखाको तत्कालीन नेतृत्वले शुरुमा गोरेलाई बचाउन ५ करोडको बार्गेनिङ गर्छ । तर अन्तिममा २ करोडमा कुरा मिल्छ । यसको अर्थ केही नयाँ प्लान बनाएर मात्रै बार्गेनिङको रकम कम हुँदा पनि सहमति जनाएको बुझ्न सकिन्छ,’ गृहमन्त्रालयको अनुसन्धान समितिका एक सदस्य नाम उल्लेख नगर्ने शर्तमा भन्छन्, ‘पछि सञ्जेलले गोरेसँग फोनमा कुरा गर्दा पैसाको कुरा मिलिसक्यो, जसरी पनि नेपाल आऊ भन्छन् । यो भनेको गोरे र उनका समूहलाई इन्काउन्टरमा मार्ने योजना थियो ।’नेपालमा हुने सुन तस्करीको व्यवस्थापन गर्नेसम्मको जिम्मेवारी पाएका गोरेको इन्काउन्टरमा एसएसपी लोहनी र उनको टोलीका २ वटा मात्रै स्वार्थ जोडिएको हुनसक्ने अनुसन्धान समितिका ती सदस्य बताउँछन् ।गोरे पक्राउ परे सुन तस्करीमा संलग्न उच्च प्रहरी अधिकारीको पोल खोलिदिन सक्छन् भन्ने डर अपराध महाशाखाको नेतृत्वलाई भएको देखिन्छ,’ अनुसन्धान समितिका सदस्य भन्छन्, ‘अर्को भनेको हराएको ३३ किलो सुन पचाउन गोरे र उनको समूहलाई मार्ने ठूलै योजना हुनसक्छ ।’

२० किलो सुन बरामद भएको हल्ला

साढे ३३ किलो सुन भित्रिएर हराएको करीब १० दिनपछि (माघ १९ गतेतिर) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले २० किलो सुन बरामद गरेको हल्ला चल्यो ।चूडामणि उप्रेतीको समूहले हराएको साढे ३३ किलो सुन खोजिरहेका समयमा २० किलो सुन बरामद गरेको हल्ला चल्नु हराएको सुनतर्फको ध्यानलाई अन्तै मोड्न गरिएको प्रयास भएको बुझ्न सकिने अनुसन्धान समितिका सदस्य बताउँछन् ।

स्रोत:सत्य समाचार
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger