उनीहरुले हाडनाता करणी गरेको भन्दै युवतीकी आमाले चौकी ओखरकोट मच्छीमा उजुरी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । तर त्यहाँ कुरो नमिलेपछि जिल्ला प्रहरी कार्यालयमा पठाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीको मुद्धा फाँटमा मुद्धा लेख्दैगर्दा दुवैजनाले बान्ता गरेपछि उपचारका लागि प्यूठान अस्पताल विजुवार लगेपनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।
उनीहरुले विष खाएको हुनसक्ने प्रहरीको अनुमान छ । तर, प्रहरीसँगै मच्छीबाट सदरमुकाम पुर्याइएका उनीहरुले बिच बाटोमा कसरी विष खाए भन्नेबारे रहस्यमय भएको छ ।
बाटोमा चिया खान होटलमा गएका बेला उनीहरुले विष खाएको हुनसक्ने प्रहरीको अनुमान छ । तर ज्यान गुमाएकाका आफन्तले भने प्रहरीले हिरासतमा राखेर यातना दिएर यस्तो घटना हुन पुगेको आरोप लगाएका छन् ।
प्यूठानका प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले उनीहरुलाई हिरासतमा नराखिएको बताउनुभएको छ । उहाँका आफन्तले घटनाबारे बुझ्न चाहे आफूहरुसँग सीसी क्यामेराको भिडियो सुरक्षित रहेको उहाँले बताउनुभयो । घटनाबारे प्रहरी चौकी मच्छीमा ज्यान गुमाएकाका आफन्त र प्रहरीबीच छलफल भइरहेको छ ।
समाचार सेयर गर्नुहोस
Post a Comment